Loktantra Khabar National Weekly
Ad

जाजरकोट घर भएका कर्मचारीले गरे भूकम्प पीडितलाई आर्थिक सहयोग

लोकतन्त्र खबर
११ मंसिर २०८०

काठमाडौं  मंसिर ११, जाजरकोट घर भएका कर्मचारीहरूले जिल्लाका भूकम्प पीडितहरूका लागि आर्थिक सहयोग गरेका छन् ।

काठमाडौं उपत्यकाका साथै अन्य जिल्लामा कार्यरत कर्मचारी र जाजरकोट जिल्लामा सेवा गरेका कर्मचारीहरूले २ लाख ८९ हजार ८४८ रुपैयाँ सहयोग गरेका हुन् ।

संकलित रकम भूकम्प प्रभावित राहत कोष जाजरकोटको खातामा जम्मा गरिएको श्रम अदालत, काठमाडौंमा कार्यरत कर्मचारी नरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

गत कात्तिक १७ गते राति बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्र भएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो क्षति भएको छ ।

भूकम्प प्रभावितहरू त्रिपालमा बसिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्: