Loktantra Khabar National Weekly
Ad

बारामा गोली हानेर शिक्षकको हत्या

लोकतन्त्र खबर
१३ कार्तिक २०८०

काठमाडौं  कात्तिक १३, बाराको कलैया उपमहानगरपालिका–६, मस्जिद चोकमा अज्ञात व्यक्तिको गोली लागेका शिक्षकको मृत्यु भएको छ ।

दिउँसो मोटरसाइकलमा आएको समूहले गोली चलाउँदा बाल एकता इंग्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकार (गुड्डु) गम्भीर घाइते भएका थिए ।

गोली लागेलगत्तै उपचारका लागि कलैया अस्पताल लगिएको थियो । तर, उपचार सम्भव नभएपछि फेरि बयोधा अस्पताल पुर्‍याइएको थियो । त्यहाँबाट पनि काठमाडौं रेफर गर्ने तयारी हुँदाहुँदै चिकित्सकहरुले मृत घोषित गरेको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले अनलाइनखबरलाई बताए ।

उनको घाँटी र छातीमा चार राउण्ड गोली लागेको छ । अहिले बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, कलैया उपमहानगरपालिकाका मेयर विनोद शाह लगायतको टोली पनि अस्पतालमा पुगेको छ । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: