Loktantra Khabar National Weekly
Ad

महोत्तरीबाट स्रोत नखुलेको १३ लाखसहित भारतीय पक्राउ

लोकतन्त्र खबर
१३ कार्तिक २०८०

जनकपुरधाम कात्तिक १३, महोत्तरीको सदरमुकाम जलेश्वरबाट स्रोत नखुलेको १३ लाख २० हजार रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत विहारको सितामढी गाढÞा बेला पंचायत बस्ने ४० वर्षीय अरुण पंजियार छन् ।

उनलाई आइतबार दिउँसो जलेश्वर नगरपालिका वडा नं. ७ वखरी चोक स्थित सम्सीबाट जलेश्वर तर्फ आउँदै गरेको ना३ख २८७८ नम्बरको बसबाट नियन्त्रणमा लिएको हो ।

बसलाई रोकेर चेकजाँच गर्दा पजियारको साथबाट स्रोत नखुलेको १३ लाख २० हजार नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: