विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन भएको छ । उनीसहित विमानमा सवार सबै पाँचजनाकै मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । पुणेको बारामतीमा बुधबार बिहान उनी सवार विमान दुर्घटना भएको थियो। पवार बारामतीतर्फ जिल्ला परिषद् निर्वाचनका लागि चार सार्वजनिक सभामा सम्बोधन गर्न जाँदै थिए । अवतरण गर्ने क्रममा विमान रनवेबाट चिप्लिएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ । दुर्घटनाको कारण र थप विवरण आउन बाँकी छ । सौजन्य यात्रा डेली
प्रतिक्रिया दिनुहोस्:

