Loktantra Khabar National Weekly
Ad

बालेन साह जनकपुरधाममा : आज चुनावी सभा, रवि पनि आउने, युवाहरुमा उत्साह

लोकतन्त्र खबर
६ माघ २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन साह) आइतबार साँझ जनकपुरधाम आइपुग्दा विमानस्थलमा सो पार्टीका नेता, कार्यकर्ताहरुले स्वागत गरे ।

काठमाण्डु महानगरपालिकाको मेयर बनेपछि राजनीतिक वृत्तमा अत्यन्त चर्चित बनेका साहले आइतबार नै मेयर पदबाट राजीनामा दिएका छन् । काठमाण्डुस्थित रास्वपाको केन्द्रीय कार्यालय घण्टीघरमा पुगेर वरिष्ठ नेताको पदबहाली गरेका साह यहाँ आइपुगेका छन् । जनकपुर विमानस्थलमा वरिष्ठ उपसभापति साहलाई स्वागत गर्न रास्वपाका नेता तथा कार्यकर्ताको एक समूहले सेल्फी लिने क्रममा मूल गेटको सिसासमेत फोडेका छन् ।

निवर्तमान मेयर साहले समर्थकहरूलाई सोमबार हुने सभामा उपस्थित भइदिनका लागि आग्रह गरे । समर्थकहरुसंग संक्षिप्त कुराकानी गर्दै साहले भने, ‘अहिले भर्खरै यहाँ आइपुगेर तपाईहरूलाई भेट्न पाउँदा एकदमै खुसी लागेको छ । साह्रै माया लागेको छ ।’ उनले आफूहरू पनि भर्खरै आइपुगेको बताउँदै सोमबारको कार्यक्रमका लागि थोरै योजना बनाउनुपर्ने र त्यसको व्यवस्थापनको विषयमा पनि बुझ्नुपर्ने बताए ।

उनले भने, ‘धनुषा जिल्ला प्रहरी प्रमुखसंग जिल्लामा आफ्नो कार्यक्रमको व्यवस्थापनको विषयमा कुरा गर्नेछौँ ।’ साहले समर्थकहरूलाई शान्त रहन आग्रह गर्दै भने, ‘धेरै केही भन्न चाहन्न, भोलि फेरि भेटौँला । आजको लागि नआत्तिकन शान्त भएर बसिदिनू । सोमबार कार्यक्रमस्थलमै सबै जना आउनुहोला ।’

विमानस्थलबाट बाहिरिने क्रममा समर्थकहरूले उनीसंग सेल्फी फोटो लिने क्रममा भएको धक्कमधक्कामा भीड अनियन्त्रित हुँदा विमानस्थलको आगमन (एराईभल) तर्फको मूल ढोकाको सिसा फुटेको थियो । बालेन साह चुनाव लड्ने निर्वाचन क्षेत्र सुनिश्चित भएको सार्वजनिक गरिएको छैन । तर धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रवक्ता समेत रहेका पूर्वसांसद मनिष झा च्ुनाव लड्ने उनका समर्थकहरुले बताएका छन् ।

निवर्तमान मेयर साह प्रमुख वक्ता रहेको सोमबारको रास्वपा सभाको तयारी झाकै रेखदेखमा भइरहेको छ । सभा आयोजन स्थल तिरहुतिया गाछीमा आयोजित पत्रकार भेटमा झाले शासकीय स्वरुप र संरचना, सार्वजनिक सेवा सहज बनाउनका लागि संविधान परिमार्जन आवश्यक रहेको बताए । रास्वपाले आयोजना गरेको परिवर्तनको उद्घोषसभा आयोजक समितिका संयोजक झाले आफूहरु नेपालको संविधानप्रति प्रतिवद्ध रहे पनि यसको परिमार्जन आवश्यक रहेकोमा जोड दिए ।

उनले अहिलेको संविधानप्रति आफूहरुको कुनै पनि किसिमको विमति नरहेको प्रस्ट्याए । रास्वपा संघीयता बिरोधी रहेको आरोप लागिरहेको बेला प्रवक्ता झाले घुमाउरो ढंगले संघीयताको समर्थन गरे । ‘संविधान प्रति आफ्नो दलको कुनै विमति छैन’ उनले भने, तर परिमार्जन आवश्यक छ । वर्तमान संविधानले नेपाल अधिराज्यलाई संघीय लोकतान्त्रिक गणतन्त्रलाई प्रस्तावनामा नै स्वीकार गरेको छ ।

प्रदेश सभाको पछिल्लो निर्वाचनमा रास्वपाले सहभागिता जनाएको थिएन । वरिष्ठ नेता साह काठमाण्डु महानगरपालिकाको मेयरमा स्वतन्त्र रुपमा चुनाव जितेका थिए । ‘परम्परागत नभइ परिवर्तनको उद्घोषसभा गर्न लागेका छौ’ उनले भने, मान्छेले यसलाई महोत्सवको रुपमा मनाउने गरी सभा आयोजना गरिएको छ ।

मुलुकको राजनीतिक जटिल मोडमा रहेको उनले बताए । अहिले मुलुकमा विभिन्न खाले षड्यन्त्रहरुको नाममा निर्वाचन विथोल्ने प्रयास भइरहेको उल्लेख गर्दै त्यो हरहालमा स्वीकार्य नहुने उनले बताए । जनकपुरधामस्थित तिरहुतिया गाछीमा हुन लागेका सो सभामा रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ उपाध्यक्ष बालेन्द्र साहलगायतका वक्ताले बोल्ने कार्यक्रम रहेको उनले बताए । युवाहरुमा साहप्रति भारी क्रेज देखिएको छ । पहिलो पटक दलको कार्यक्रम लिएर उनी जनकपुरधाम आइपुगे छन् ।

उनको पुख्र्यौली घर महोत्तरी जिल्लाको एकडारा गाउँपालिकाको एकडारा टोलमा रहेको छ । स्वतन्त्र रुपमा मेयर जितेका साहले भने पदबाट राजीनामा दिएर काठमाण्डु महानगरपालिकालाई प्रतिनिधि सभा चुनावमा नरोजेर मधेश प्रवेश गरेका छन् । रास्वपाका धनुषा अध्यक्ष अम्भु प्रसाद साहले जनाए अनुसार बिहान मन्दिर दर्शन लगायतको कार्यक्रमहरु रहेको छ ।

रास्वपाले बालेनको काँधमा बन्दुक राखेर मधेशमा बर्चस्व कायम गर्न चाहेको छ । मधेशी दलहरुसित सहकार्य नगरेको रास्वपाले कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टी(नेकपा) लाई प्रमुख शत्रुको रुपमा चुनावमा लिएको बताइन्छ । सौजन्य जनकपुर टुडे

 

प्रतिक्रिया दिनुहोस्: