Loktantra Khabar National Weekly
Ad

चिनीका बारेमा उद्योगी र आयातकर्ताको आ–आफ्नै दाउ, उपभोक्ता मर्कामा

लोकतन्त्र खबर
२९ पुष २०८२

काठमाडौँ । चिनीका बारेमा उद्योगी र आयातकर्ताबिच परस्पर विरोधी धारणा बनेको छ । उद्योगीले गत वर्षकै चिनी ‘स्टक’ हुँदासमेत सरकारले आयात खुकुलो बनाइदिँदा आफूहरूको उत्पादन बिक्री हुन नसकेको गुनासो गरिरहेका छन् भने आयातकर्ताचाहिँ उद्योगीले कालोबजारी गर्न आयात रोक्न पहल गरिरहेको आरोप लगाइरहेका छन् । भारतीय चिनीको अवैध आयात र न्यून भन्सार दरका कारण अर्बौंको लगानी डुब्ने अवस्थामा पुगेको चिनी उद्योगीको भनाइ छ । उनीहरू चिनी आयातमा भन्सार महसुल बढाउन सरकारलाई दबाब दिइरहेका छन् । आयातकर्ताले भने स्वदेशी उद्योगीले आफ्नो सिन्डिकेट लाद्न र उपभोक्तालाई महँगो मूल्य तिराउन भन्सार बढाउने खेल रचेको आरोप लगाएका छन् ।

नेपाल चिनी उद्योग संघका अध्यक्ष शशीकान्त अग्रवालका अनुसार उखु क्रसिङ सिजन सुरु भइसक्दा पनि अघिल्लो वर्षको करिब २० हजार मेट्रिक टन चिनी गोदाममै थन्किएर बसेको छ । भारतमा चिनी उद्योगलाई सरकारले ठुलो मात्रामा अनुदान दिएको र भ्याट पनि ५ प्रतिशतमात्र भएकाले सस्तो पर्ने तर नेपालमा १३ प्रतिशत भ्याट र उत्पादन लागत बढी हुँदा स्वदेशी उद्योगले भारतीय चिनीसँग प्रतिस्पर्धा गर्न नसक्ने उनले बताए । चिनी आयातमा १५ प्रतिशत भन्सार दर कायम भएको भन्दै उनलेय सले स्वदेशी उद्योग मारमा परेको गुनासो गरे ।

सरकारको अस्थिर भन्सार नीति र खुला सिमानाबाट हुने तस्करीका कारण स्वदेशी चिनी उद्योग धराशायी बन्ने अवस्थामा पुगेको अग्रवालको दाबी छ । एक चिनी आयातकर्ता तथा व्यवसायीले चिनीको हालको मूल्य प्रतिकिलो ८६÷८७ रुपैयाँमा सबै स्टक उठाउन तयार हुँदा उद्योगीले बिक्री गर्न नमानेको दाबी गरे । ‘मैले चिनी उद्योग संघमै अहिलेको मूल्य ८६÷८७ रुपैयाँ प्रतिकिलोका दरले सबै स्टक उठाउन प्रस्ताव गर्दा पनि उनीहरूले बेच्न मानेनन्,’ ती व्यवसायीले भने । विगतमा चिनी आयातमा ४० प्रतिशत भन्सार महसुल रहेकोमा त्यसलाई घटाएर १५ प्रतिशतमा झारिएपछि भारतीय चिनी आयात बढेको र आफूहरूले उत्पादन गरेको चिनी बेच्न नपाएको उनले बताए । संघले तत्काल भन्सार महसुल ३० प्रतिशत पु¥याउन, सीमाबाट हुने तस्करी रोक्न र चैत मसान्तसम्म चिनी आयातमा पूर्ण प्रतिबन्ध लगाउन सरकारसँग माग गरेको छ । चिनी नबिकेका कारण किसानको भुक्तानीमा समस्या आउन सक्ने चेतावनी दिँदै उद्योगीले १३ वटा उद्योगको अर्बौं लगानी डुब्ने अवस्था आएको गुनासो गरेका छन् ।

के भन्छन् आयातकर्ता ?

स्वदेशी उद्योगीको भनाइप्रति आयातकर्ता भने सहमत हुन सकेका छैनन् । उद्योगीहरूले ‘बजार कब्जा गर्ने रणनीति’ र कृत्रिम मूल्यवृद्धि गर्ने दाउमा आयात रोक्न सरकारलाई दबाब दिन थालेको आयातकर्ताको तर्क छ । एक चिनी आयातकर्ता तथा व्यवसायीले चिनीको हालको मूल्य प्रतिकिलो ८६÷८७ रुपैयाँमा सबै स्टक उठाउन तयार हुँदा उद्योगीले बिक्री गर्न नमानेको दाबी गरे । ‘मैले चिनी उद्योग संघमै अहिलेको मूल्य ८६÷८७ रुपैयाँ प्रतिकिलोका दरले सबै स्टक उठाउन प्रस्ताव गर्दा पनि उनीहरूले बेच्न मानेनन्,’ ती व्यवसायीले भने, ‘सबै चिनी किन्छु भन्दा नबेच्ने अनि आयात गरेको चिनीका कारण स्वदेशी चिनी बिक्री भएन भनेर हल्ला फिँजाउनु जायज होइन । चिनीमा कृत्रिम मूल्यवृद्धि गर्ने खेल हो यो ।’ भारतबाट वैधानिक रूपमै आफूहरूले चिनी आयात गरेर बजारमा कृत्रिम मूल्यवृद्धिलाई रोक्न मद्दत गरिरहेको ती व्यवसायीको तर्क छ । सरकारले चिनी आयातमा भन्सार बढाएको खण्डमा बजारमा मूल्य बढ्ने र यसले अन्ततः उपभोक्तालाई नै मार पर्ने उनको भनाइ छ । विवादको मुख्य चुरो ‘डबल रिफाइन सुगर’ (पेप्सी, कोक, जुस लगायतका उद्योगमा प्रयोग हुने)मा देखिएको ती व्यवसायीले बताए । उनका अनुसार नेपालमा औद्योगिक प्रयोजनका लागि चाहिने ‘डबल रिफाइन सुगर’ उत्पादन गर्ने क्षमता हिमालयन सुगर मिलसँग मात्र छ, जुन शशीकान्त अग्रवालको लगानीमा सञ्चालित छ ।

आयातकर्ता केदार रिजाल पनि चिनीको भन्सार शुल्क बढाएको खण्डमा मूल्य बढ्ने बताउँछन् । ‘सरकारले उद्योगीको दबाबमा भन्सार बढाए चिनीको मूल्य होलसेल नै १२० रुपैयाँ प्रतिकिलो नाघ्न सक्छ,’ उनले भने । ‘भारतमा सामान्य (नर्मल) र रिफाइन चिनीको मूल्यमा ७५ पैसामात्र फरक हुन्छ, तर यहाँ उद्योगीले नर्मल चिनी ९० रुपैयाँ हुँदा रिफाइन चिनी १३० रुपैयाँसम्ममा बेच्ने गरेका छन्,’ ती आयातकर्ताले भने, ‘हामीले १०२ रुपैयाँमै उपलब्ध गराउन थालेपछि उनीहरूको एकाधिकार तोडियो, त्यसैले उनीहरू आत्तिएका हुन् ।’ उनका अनुसार साल्ट ट्रेडिङ कर्पोरेसनले ल्याएको चिनी औद्योगिक प्रयोजनका लागि बेच्न पाइँदैन । यसको फाइदा उठाउँदै निश्चित उद्योगीले औद्योगिक ग्राहकसँग चर्को मूल्य असुल्ने गरेको र अहिले निजी आयातकर्ताले सस्तोमा दिन थालेपछि भन्सार बढाउन लबिङ सुरु भएको ती आयातकर्ताको भनाइ छ । यस्तै किसानसँग सस्तो मूल्यमा उखु खरिद गरेर चिनीमा अत्यधिक नाफा कमाउन किसानलाई नै हतियार बनाएर उद्योगीहरूले सरकारसमक्ष लबिङ गरिरहेको उनको आरोप छ ।
भन्सार बढाए मूल्य बढ्ने

अर्का आयातकर्ता केदार रिजाल पनि चिनीको भन्सार शुल्क बढाएको खण्डमा मूल्य बढ्ने बताउँछन् । ‘सरकारले उद्योगीको दबाबमा भन्सार बढाए चिनीको मूल्य होलसेल नै १२० रुपैयाँ प्रतिकिलो नाघ्न सक्छ,’ उनले भने । अहिले चिनीको होलसेल मूल्य ९० देखि ९५ रुपैयाँ प्रतिकिलो छ । रातोपाटीसँग कुरा गर्दै रिजालले भने, ‘अहिले काठमाडौँमा तस्करीको चिनी शून्य छ । वैधानिक बाटोबाट ल्याउँदा ९०–९२ रुपैयाँ प्रतिकिलो पर्छ भने तस्करले पनि त्योभन्दा सस्तोमा ल्याउन सक्दैन । किनभने भारतमै ४० रुपैयाँ (भारु) प्रतिकिलो मूल्य छ ।’ चालु आर्थिक वर्षको मंसिरसम्म करिब १ अर्ब ७९ करोड ५४ लाख रुपैयाँ बराबरको ३० हजार ५०७.२६ मेट्रिक टन चिनी, मिश्री, सख्खर, चुकन्दरको चिनी लगायत आयात भएको छ । उक्त मूल्यमा ढुवानी खर्च र भन्सार शुल्क जोड्दा अहिलेको मूल्य स्वाभाविक भएको र व्यापारीले धेरै नाफा नखाएको रिजालको तर्क छ । उद्योगीको दबाबमा भन्सार शुल्क बढाउने हो भने भारतीय चिनी अवैध बाटोबाट भित्रिन थाल्ने र तस्करी पनि अनियन्त्रित हुने उनले बताए । स्वदेशी उद्योगीहरूले लागत घटाएर प्रतिस्पर्धा गर्नुको साटो सरकारलाई प्रयोग गरेर कृत्रिम मूल्यवृद्धि गर्न खोजेको रिजालको आरोप छ । ‘हामीले अहिले ९०.५० रुपैयाँमा पसल–पसलमा चिनी पु¥याइरहेका छौँ, भन्सार बढ्ने बित्तिकै उपभोक्ता मारमा पर्छन्,’ उनले भने ।
के छ आयातको अवस्था ?

आयातकर्ताहरूले पछिल्लो समय चिनी उत्पादन सुरु हुने समयलाई लक्षित गर्दै चिनी आयात नगरेको दाबी गरेका छन् । आयातकर्ता रिजालले कात्तिक महिनापछि चिनी आयात नगरेको दाबी गरे । उनले भने, ‘हामीले कात्तिक यता चिनी आयात गरेका छैनौँ । किनभने यहाँ उखु क्रसिङ सुरु हुने सिजन सुरु हुन्छ ।’ चालु आर्थिक वर्षको मंसिरसम्म करिब १ अर्ब ७९ करोड ५४ लाख रुपैयाँ बराबरको ३० हजार ५०७.२६ मेट्रिक टन चिनी, मिश्री, सख्खर, चुकन्दरको चिनी लगायत आयात भएको छ । नेपालमा वार्षिक २ लाख ५० हजार टन चिनीको माग छ । २ लाख २७ हजार ५८० मेट्रिक टन स्वदेशी उत्पादन हुने अनुमान छ । स्वदेशी उत्पादनले मात्रै माग धान्न नसक्ने अवस्थामा आयात अनिवार्य छ । आयातकर्ताले बजार हस्तक्षेप गर्दा स्वदेशी चिनी नबिकेको उद्योगीको गुनासो छ भने उद्योगीले सिन्डिकेट खडा गरी चिनीको भाउ बढाउन खोजेको आयातकर्ताको आरोप छ । सौजन्य रातोपाटी

 

प्रतिक्रिया दिनुहोस्: