दियोले हमेशा अन्धकारको चुनौतिको सामना गर्नु परेको छ । यस चुनौतिमा अन्ध्यारोलाइ साथ दिने हावा, वर्षा, आधी ले सदैव साथ दिई रहेको छ । अन्ध्यारोलाइ डर छ दियो बल्यो भने मेरो अस्तित्वनै समाप्त भएर जान्छ ।
वर्षौ देखि चल्दै नेताको वर्चस्व समाप्त हुने डरले समाजमा चापलुसी, धोखाधडी, दुष्टता, हिसा, अपराध नशा, अन्ध्विश्वास जस्ता असुरको सम्राज्य समाजमा फैलाएको पाइन्छ । हाम्रो समाज युवाहरु माकुराको जालोमा अल्झेको सदैव नेताहरु हेर्न चाहन्छ ताको मेरो सता कुर्सी टिकि रहोस र मयावी परिवार आफन्तजन फलि फुलि रहोस । समाजमा विधमान दासतब नहटोस भन्ने सदैव चाहिरहेका हुन्छ ।
मान्छे ज्ञानि जागरुक भयो भने हाम्रो सम्राज्य समाप्त हुनेछ भनी विभिन्न जालझेल रणनीति अपनाउदै आफ्नो व्यापार योजनावध रुपमा चलाइरहेका छ्न । यदि जनता जागरुक भयो, आत्मनिर्भर भयो, स्वदेशमै बस्ने वातावरण पायो भने हाम्रो समराज्य चल्दैन भन्ने डरले जे पनि गर्न तयार हुन्छ पार्टी फोर्नु पर्यो कि विचार फेर्नु पर्यो कि आफुले बोलेकै कुराबाट पल्टिनु पर्यो जे गर्नु पर्यो गर्न तयार रहन्छ ।
किनभने व्यक्तिको आवाजबाट उठेको बिरोध समाज भै राष्टूीय रुपमा जनतामा चेतना आयो भने सकटको बादलले हामिलाइ असुरक्षित बनाउछ अशान्ती आतक असुरक्षा को वातावरण फैलिन सक्छ त्यसको लागि समाजमा अन्धकार हुन जरुरी छ भनेर चाहना हुन्छ । हरेक नागरिक आफ्नो जनचेतनालाई जगाउनु पर्छ आफ्नो नैतिकतालाइ जिम्मेवार बनाउनु पर्छ कुनै लोभ आशामा बस्नुहुदैन जसको शुरुवात स्वयबाटनै हुनुपर्छ सकल्प एव समर्पित प्रयास गर्नै पर्छ । त्यसैले हरेक नागरिक अब अन्धकारलाई हटाउन दियो बनेर जल्नै पर्छ ।

