Loktantra Khabar National Weekly
Ad

गरिमा विकास बैंकका मेनेजर द्वारा ऋणीहरुलाई ठगी धन्दा,यसमा बैंकका ठूला कर्मचारीहरुको पनि संलग्नता रहेको पिडितको भनाई

लोकतन्त्र खबर
२८ श्रावण २०८१

विद्यानन्द राय—- सर्लाही,साउन २८

गरिमा विकास बैंक लिमिटेड मलंगवा शाखाका मेनेजर राम एकवाल साहले ऋणीहरुको रकम ठगी गरेको पिडितहरुले आरोप लगाएका छन् ।

आइतवार सदरमुकाम मलंगवा स्थित जिल्ला समन्वय समितिको सभा हलमा पत्रकार सम्मेलन गरि पिडितहरुले यस्तो आरोप लगाएका हुन।

गुनासो लिएर पत्रकार सम्मेलनमा आएका पिडित मध्येका कौडेना गाउँपालिका वडा न-५ का फेकन राय यादवले आफ्नो जग्गाको ३० लाख रुपैयाँ मुल्यांकन गरि मलंगवा शाखाका मेनेजर साहले बैंकमै ४ वटा ब्लेङ्क चेकमा हस्ताक्षर गराइ सो चेक आफै सँग लिएर राखि पटकपटक गरि निजले सो चेकको प्रयोग गरि पहिलोपटक ९ लाख ९९ हजार,दोस्रोपटक पुन: ९ लाख ९९ हजार बिचौलिया कृष्ण कुमार यादव मार्फत निकलेको र सो को विवरण सम्बन्धि म्यासेज आफ्नो मोबाइलमा आएको पिडित रायले बताए ।

तर आफुले १ लाख २५ हजार रुपैयाँ मात्र झिकेको रायले बताए ।सो कुराको जानकारी मेनेजर साहलाई गराउँदा समेत निजले वास्ता नगरेको उनले पत्रकारहरुलाई बताए ।

आफ्नो रकम बैंकका बिचौलिया यादव,सोही बैंकका कर्मचारी रुपेश यादवसँगको मिलोमतोमा मेनेजर साहले झिकेको कुरा केही दिनपछि मात्र आफुले थाहा पाएको पिडित रायले सुनाए ।

त्यस्तै अर्का पिडित सीता विश्वकर्माले पनि मेनेजर साहले आफ्नो पैसा खाएको गुनासो पत्रकारहरलाई सुनाइन।

उनका अनुसार आफुले जग्गा धितो राखेर कृषि कार्यको लागि गरिमा बैंकसँग १६ लाख रुपैयाँ बिचौलिया कृष्ण कुमार यादव मार्फत श्रृणको लागि आवेदन दिएको तर बैंकले ऋण स्वीकृत भए बापतको १६ लाख रुपैयाँ नदिएको तर पैसा खाता बाट झिकिएको मोबाइलमा म्यासेज मात्र आएको बताइन।

यस विषयमा गरिमा विकास बैंक मलंगवा शाखाका मेनेजर साह सँग निजको फोन उठेन।यसै विषयमा बैकका केन्द्रीय कार्यालय काठमाडौका ऋण अधिकृत ईश्वरी प्रसाद ढकालसँग पनि फोन मार्फत सम्पर्क गर्न खोज्दा निजले पनि कुरा गर्न चाहेका थिएनन्।

यी दुई पत्र त उदाहरण मात्र हुन। उनीहरु जस्ता सर्लाही जिल्लामा गरिमा बैंकका मेनेजर साहले १३ जनालाई यसैगरि ऋण बोकाएर रकम जति आफ्नै खल्तिमा राखेर सर्वसाधारणहरुलाई पिडित बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्: