लोकतन्त्र समाचारदाता—- सर्लाही,साउन २४
कुनैपनि क्याम्पस तथा विद्यालयमा अध्यनरत विद्यार्थीहरुले बस चढ्दा परिचयपत्रको आधारमा लाग्ने भाडाको ४५ प्रतिशत छुट पाउने भएका छन् ।
सर्लाही क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको पहलमा सर्लाही क्याम्पस लगायत अन्य कुनैपनि क्याम्पस तथा विद्यालयमा अध्यनरत विद्यार्थीहरुले बसमा यात्रा गर्दा सक्कल परिचयपत्र देखाए बापत लाग्ने भाडामा ४५ प्रतिशत छुट पाउने भएका हुन्।
यसका लागि स्ववियु सर्लाही क्याम्पस र सर्लाही मलंगवा यातायात प्रालि बिच सम्झौता समेत भइसकेको स्ववियु सर्लाही क्याम्पसका अध्यक्ष धर्मेन्द्र टाका यादवले जानकारी दिएका छन् ।
विद्यार्थीहरुको लागि छुटको व्यवस्था गराएको भन्दै स्ववियुले सर्लाही मलंगवा यातायात प्रालि का दिपलाल महतो र रौशन चौधरी लगायत प्रालिमा आबद्ध सम्पूर्ण यातायात व्यवसायीहरुलाई धन्यवाद दिएका छन् ।

