लोकतन्त्र समाचारदाता—
सर्लाही,असार २१
जिल्लाको हरिपुर नगरपालिकामा जनता र जनप्रतिनिधि बिच सार्वजनिक सुनवाइ गरिएको छ।
जनताको गुनासो तथा सुझाव संकलन गरि सोही अनुसार पालिकाको कामहरु गर्ने उदेश्यले साकार मिडिया सेन्टरसँगको सहजीकरणमा बिहीबार सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न गरिएको छ।
उक्त कार्यक्रममा सहभागी जनताहरुले आ-आफ्नो गुणासो र सुझाव जनप्रतिनिधि तथा कर्मचारी माझ राखेका थिए ।
सहभागीहरुले बालविवाह, विकास निर्माणका कार्यहरु, तेस्रो लिंगी, स्यानेटरी प्याड विभिन्न धर्म लगायतको विषयमा प्रश्न गरेका थिए ।
नगर प्रमुख गोपाल पंजियार, वडा अध्यक्ष र सम्बन्धित शाखाका कर्मचारीले सहभागीहरु बाट उठेका प्रश्न को जवाफ दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्:

