Loktantra Khabar National Weekly
Ad

हरिपुर नगरपालिकाको १३ औं नगरसभा शुरु ६६ करोड भन्दा बढि बजेट प्रस्तुत

लोकतन्त्र खबर
१२ असार २०८१

बखतियार अलि– सर्लाही १० असाढ

सर्लाहीको हरिपुर नगरपालिकाले आफनो १३ औं नगरसभा विधिवत रुपमा सोमवार देखि शुरु गरेको छ ।

आर्थिक वर्ष २०८१र२०८२ लागि नीति कार्यक्रम तथा अनुमानित आयव्यय पस्तुत गर्दै नगर प्रमुख गोपाल पजियारले ६६ करोड ६३ लाख ५६ हजार बराबरको अनुमानित बजेट पेश गरेका छन ।

जसमा वितिय समानीकरण तर्फ रु ११ करोड ६९ लाख रहेको छ ।

राजस्व बाडफाडबाट १० करोड ४५ लाख आम्दानी हुन सक्ने अनुमान गरिएको छ । हरिपुरको सशर्त अनुदानमा ३१ करोड १५ लाख ६३ हजार रुपैया रहेको छ ।

जम्मा बजेटको लगभग आधा रकम सशर्तमा रहेको छ । जुन अहिले सम्मकै ठुलो रकम रहेको देखिन्छ ।

मधेश प्रदेश सरकारको अनुदान रु. ३ करोड ७९ लाख २८ हजार रहेको छ । आन्तरिक राजस्वबाट १ करोड १७ लाख ६५ आम्दानी हुने आकलन गरिएको छ ।

खर्च तर्फ हरिपुर नगरपालिकाको कार्यालय संचालन तथा कर्यालय संचालन तर्फकै पुजिगत खर्च गरि १९ करोड ३० लाख रुपैया रहेको जनाईएको छ ।

नगरप्रमुख गोपाल पजियारले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा आ. व. २०८१ । ०८२ मा सबै पक्ष र समुदायको विशेष ख्याल गरि नगरको चौतर्फी विकासको धारण अनुरुप बजेट बिनियोजन गरिएको वहाले बताउनु भयो ।

कार्यक्रममा स्वागत मन्तव्य व्यतm गर्दै उपसचिव, प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश महतोले भने लोकतन्त्रको सौन्दर्य भनेकै संघियता हो ।

देशमा लोकतन्त्र गणतन्त्र आएपछि देशमा गाउ–गाउमा सिंह दरबारको परिकल्पना स्वरुप अहिले पालिकाहरु द्रुत गतिमा काम गरि रहेको छ ।

पालिकाहरुले काम गर्न थालेपछि आमजनताले सुविधा पाएका छन । यधपी सुविधा संगै चुनौतीहरु पनि बढदै गएको प्रमुख प्रशासकीय अधिकृत महतोले बताउनु भयो । अहिले पनि पालिकाहरु आत्मनिर्भर बन्न सकेका छैन ।

संघ तथा प्रदेश माथि स्थानीय सरकार आश्रित बन्नु कदापी सुखद पक्ष नरहेको अधिकृत महतोले भने । कार्यक्रममा ९ वटै वडाका वडाअध्यक्ष, सदस्य तथा कर्मचारीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

संविधान सभा सदस्यद्धय रामचन्द्र चौधरी तथा रन्जना सरकारको प्रमुख आतिथ्यतामा कार्यक्रम शुरु भएको थियो भने कार्यकमको संचालन हरिपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख नागेश्वर रायले गर्नृु भएको छ ।

प्रतिक्रिया दिनुहोस्: