मनोज यादव—
सर्लाही,असाढ ९
अन्तरजातीय विवाह गर्ने सर्लाहीका सात जोडीलाई सम्मान गरिएको छ।
विभिन्न वाधा र चुनौतीका बाबजुद दलितले गैर दलित तथा गैर दलितले दलितसँग विवाह गरेर जीवन निर्वाह गरिरहेका जोडीलाई कबिलासी नगरपालिकाले सम्मानित गरेको छ।
सम्मानित हुने अन्तरजातीय विवाहित जोडीहरुमा कृष्ण राउत र पुनम कुमारी ,भाग्यनारायण राम र अस्मिता राम,भदइ राम र काजल मण्डल ,राजु कुमार महतो र पिन्टु कुमारी यादव, संजिब महतो र कल्पना माझी मुसहर,सुरुज पासवान र निर्मला कुमारी श्रेष्ठ तथा राजु महतो र संझा मण्डल रहेका छन् ।
कबिलासी नगरपालिकाको आर्थिक सहयोगमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO)सर्लाहीले आयोजना गरेको कुप्रथा,छुवाछूत,लैंगिक हिंसा,बहुविवाह ,बालविवाह विरुद्धको अभियान अन्तर्गत जातीय विभेद विरुद्ध नगरस्तरीय जागरण सभा कार्यक्रममा उनीहरुलाई कदरपत्रसहित सम्मानित गरिएको हो।
समाजमा विद्यमान जातीय विभेदलाई हटाउन अन्तरजातीय विवाहले सकारात्मक भूमिका निर्वाह गर्ने भएकाले अन्तरजातीय विवाह गरि समाजिक रुपान्तरणको अभियानमा उल्लेखनीय भुमिका निर्वाह गरेका कबिलासी नगरपालिका भित्रका नमूना जोडीलाई पहिलोपटक सम्मान गरेको उपप्रमुख पुनम देवी कर्णले बताएकी छिन् ।
अन्तरजातीय विवाह गरेकै कारण आफ्ना परिवार र समाजबाट अपहेलित हुनु परेका यी जोडीहरुको हौसलाका लागि सम्मान गरिएको उनले बताइन्।
बाइट-पुनम देवी कर्ण(नगर उपप्रमुख)कबिलासी नगरपालिका ,सर्लाही…..
अन्तरजातीय विवाह गरेकै कारण आफुहरुलाई आमा बुवाले मात्र नभइ समाजले समेत बहिष्कार गरेपछि गाउँ छाडेर अन्यत्र गएर बस्नु परेको अन्तरजातीय विवाह गरेका जोडीहरुले गुनासो गरेका छन् । घरपरिवारले बिवाह गराउन नमानेपछि भागेर विवाह गर्दा प्रहरीको हिरासतमा समेत बस्नु परेको उनीहरुले दुखेसो सुनाएका छन् । अन्तरजातीय विवाह गरेर आफुहरुलाई कुनै पछुतो नभएको बताउँदै जीवन खुसीका साथ बितिरहेको उनीहरूले बताए ।
बाइट-अन्तरजातीय विवाहित जोडीहरु…
कबिलासी नगरपालिका वडा न-८ स्थित श्री जनता आधारभुत विद्यालयको प्रांगणमा भएको सम्मान कार्यक्रम प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य राधेश्याम पासवन ,विशिष्ट अतिथि नगर उपप्रमुख कर्ण,राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका अध्यक्ष राजेश पासवान,शिक्षाविज्ञ एवं पुर्व प्राधानाध्यापक डा.बीरभंस बैठा,राष्ट्रिय सभाका पुर्व सदस्य रामपृत पासवान ,स्थानीय नेता विनय कुमार कर्ण लगायत सयौं स्थानीय दलित महिला पुरुषहरुले दलित अधिकार सम्बन्धि विभिन्न नाराहरु लगाएर गाउँको समेत परिक्रमा गरेका थिए।

