लोकतन्त्र समाचारदाता—
सर्लाही,असाढ ६
जिल्लाको कौडेना गाउँपालिकाले बुधबार आफ्नो १२ औँ गाउँसभा प्रारम्भ गर्दै आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३५ करोड ७३ लाख ६८ हजार ९ सय ९९ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
१२ औ गाउँसभाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष रुपेश कुमार यादव द्वारा सार्वजनिक गरिएको बजेटमध्ये पुजिगत खर्चतर्फ ११ करोड ९८ लाख र चालू खर्चतर्फ २३ करोड ७५ लाख ६८ हजार ९ सय ९९ रुपैयाँ रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सोनेलाल साहले जानकारी दिए ।
उद्घाटन समारोहमा नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्दै गापा अध्यक्ष यादवले शिक्षा,स्वास्थ्य ,रोजगारी ,उद्यमशीलता,सामाजिक विकास ,युवा तथा खेलकुद,भौतिक पुर्वाधार विकास ,सार्वजनिक यातायात ,खानेपानी तथा सरसफाइ,विपद व्यवस्थापन ,न्याय निरुपण ,मानवअधिकार प्रवर्द्धन जस्ता विषयगत क्षेत्रका लागि विशेष निति तथा कार्यक्रम प्रस्ताव गरेको जानकारी गराएका छन् ।
उनले कौडेना गापा भित्रका कृषकहरूको व्यवस्थापन र व्यवस्थित गर्न गरिएको सर्वेक्षणको आधारमा यसै आ.व देखि किसानहरुलाई किसान कार्ड वितरण गर्न लागिएको समेत जानकारी गराएका छन् ।
गाउँपालिकाको सभा हलमा सम्पन्न भएको उद्घाटन समारोहमा गापा उपाध्यक्ष नगिना देवी,विभिन्न वडाका वडाअध्यक्ष,कार्यपालिका सदस्य ,कर्मचारी ,पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

