लोकतन्त्र समाचारदाता—
सर्लाही,जेठ ६
मधेश प्रज्ञा प्रतिष्ठान जनकपुरधाम द्वारा भाषा,साहित्य ,संस्कृति कल,गीत,संगीत तथा नाट्य विषयक एक दिवसीय अन्तरसम्वाद कार्यक्रम सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ ।
मलंगवा नगरपालिका वडा न-३ स्थित महेन्द्र होटलको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।
मधेस प्रदेशमा विभिन्न भाषाको साहित्य ,कला,गीत,संगीत,संस्कृतिमा देखिएको समस्या र चुनौतीलाई निराकरण गरि सम्भावना र समृद्धिका लागि प्रयास गर्ने तथा मधेसमा साहित्य ,गीत,संगीत,कला,भाषा,संस्कृति र नाटकको संरक्षण एवं उत्थान गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको सो कार्यक्रमका संचालक शिक्षक एवं पत्रकार विनोद कुशवाहाले जानकारी दिए।
प्रज्ञा प्रतिष्ठान जनकपुरधामको आयोजना तथा बज्जिका साहित्य समाज सर्लाहीको सहकार्यमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता बज्जिका साहित्य समाजका अध्यक्ष रामचन्द्र महतो कुशवाहाले गरेका थिए भने प्रमुख अतिथिको रुपमा प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष राम भरोसि कापरि “भ्रमर”उपस्थित रहेका थिए।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष कापडीले प्रतिष्ठानका अवधारणाहरू प्रस्तुत गर्दै मधेश प्रदेशका प्रत्येक साहित्यकार कलाकार संस्कृति प्रेमी आदिलाई निकट भविष्यमा व्यवस्थित गर्ने अवधारणा राखेका थिए।
कार्यक्रममा उपस्थित विभिन्न विधाका व्यक्ति तथा संस्कृतिविद्हरू सँग भाषा ,साहित्य, कला, संस्कृति, नाट्य र संगीत गरी ६ वटा विधामा गर्नुपर्ने सुधारका विषयमा समूहगत छलफल गरि प्राप्त भएका अवधारणाहरुलाई सार्वजनिक रुपमा प्रस्तुत गरिएको थियो।
कार्यक्रमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला,मधेस प्र.प्र का सदस्य दिनेश कुमार यादव,प्रा.डा.देवनारायण यादव,राष्ट्रिय योजना आयोगका पुर्व सदस्य डा.अब्दुल रहिम मिकरानी,मिथिला प्रज्ञा प्रतिष्ठान सर्लाहीका अध्यक्ष गणेश कुमार लाल,बुढ्यौली साहित्य समाज सर्लाही-रौतहटका अध्यक्ष लम्बोदर काफ्ले,बज्जिका साहित्य समाज सर्लाहीका सचिव मुकेश कुमार मिश्र,साहित्यप्रेमी,शिक्षाप्रेमी ,नागरिक समाज,पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो।

