अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सव–डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत नारायण पार्धेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सहायक वन अधिकृत पार्धेले काठ चिरानको लागि सिफारिस गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग सात हजार घुस मागेको भन्ने सूचना र उजुरीका आधारमा आयोगको नेपालगञ्ज कार्यालयबाट खटिएको आयोगको टोलीले नियन्त्रणमा लिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
काठ चिरानका लागि सिफारिस गरिदिन सेवाग्राहीसँग सात हजार घुस लिएको पुष्टि भएपछि आयोगले मंगलबार उनीविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
पार्धेविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी गरिएको छ। सेतोपाटी
प्रतिक्रिया दिनुहोस्:

