Loktantra Khabar National Weekly
Ad

शिक्षा आर्जन गर्नको लागि सामाजिक बन्धन र अर्थ बाधक बन्दैन

लोकतन्त्र खबर
२७ फाल्गुन २०८०

लोकतन्त्र समाचारदाता—-
सर्लाही,फाल्गुन २७

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई)द्वारा सर्लाहीको सदरमुकाम मलंगवामा समाबेशी शिक्षाका सम्बन्धि नागरिक समाजको प्रयास विषयक सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

एनसिइ नेपालका सर्लाही जिल्ला संयोजक राजेश पासवानको अध्यक्षता तथा मलंगवा नगरपालिकाकी उपमेयर शकुन्तला देवी साहको प्रमुख आतिथ्यतामा बिहिवार मलंगवा-३ स्थित महेन्द्र होटलमा कार्यक्रम सम्पन्न भएको हो।

उक्त कार्यक्रममा समाबेशी गुणस्तरीय सार्वजनिक शिक्षा सुनिश्चितताका लागि नागरिक समाजले खेलेको भुमिका र गरेका प्रयासहरुको बारेमा जानकारीसहित छलफल गरिएको थियो।

११४ औं महिला श्रमिक दिवसको सन्दर्भमा आयोजना गरिएको उक्त कार्यक्रममा सहभागी भएका विभिन्न क्षेत्रसँग आबद्ध अधिकारकर्मी,कर्मचारी ,शिक्षक , विद्यार्थीहरु लगायतले शिक्षा आर्जनका लागि गरेका संघर्ष र त्यसबाट प्राप्त उपलब्धि र सफलताको कथा एकआपसमा साझा गर्दै शिक्षा आर्जन गर्नको लागि सामाजिक बन्धन र आर्थिक अवस्था बाधक नभएकोले जस्तोसुकै परिस्थितिमा पनि आफ्नो प्रयास नछाड्न सुझाव दिएका थिए।

सामाजिक विकास केन्द्र मलंगवाका कार्यक्रम निर्देशक विरेन्द्र गुप्ताले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य बाल कल्याण संघ सर्लाहीका अध्यक्ष सुन्दर श्याम रायले गरेका थिए भने कार्यक्रमको उदेश्यको बारेमा एनसिई नेपालकी केन्द्रीय कार्यक्रम संयोजक रोजिना श्रेष्ठले प्रकाश परेकी थिइन।

कार्यक्रममा विशिष्ट अतिथि जनता मावि कौडेना-६ इनर्वाका प्राधानाध्यापक श्रीनारायण महतो,श्री रामगुलाम मावि भाँडसरका प्रअ मनोज कुमार कुशवाहा तथा आरआरपिके का कार्यक्रम संयोजक संजिव चौधरी ,सर्लाहीका लागि प्रदेश कानुनी सहायता अधिकृत अधिवक्ता आशा कुमारी साह,राष्ट्रिय दलित समाज कल्याण संघका गोविन्द पासवान,ममता साह लगायत विभिन्न विद्यालयका छात्रछात्राहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्: