बखतियार अलि–
सर्लाही, १४ फागुन । ट्राफिक प्रहरीको निस्कृयता तथा ट्राफिक नियमको खुल्याम उलंघनले गर्दा सर्लाहीमा सवारी दुर्घटनाको जोखिम बढदै गएको छ । सवारी चालक अनुमति पत्र नभएका र सडकमा सवारी चलाउदा अपनाउनु पर्ने सावधानी समेतको ज्ञान नहुदा सर्लाहीमा सवारी दुर्घटनाको संख्यामा निरंन्तर वृद्धि हुदै गएको हो ।
आर्थिक वर्ष ८०र८१ को फागुनमसान्त सम्ममा मात्र सर्लाहीमा ४ सय ८६ वटा सवारी दुर्घटना भएको छ, भने सवारी दुर्घटनामा परि ३४ जनाको मृत्यु भएको छ । ५ सय अधिक व्यतिm दुर्घटनामा परि घाईते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रादेशिक अस्पताल मलंगवाको आकास्मिक सेवामा कार्यरत स्वास्थ्यकर्मी शंकर पटेलको भनाई अनुसार प्रत्येक दिन सवारी दुर्घटनामा परि घाईते भएर आउनेको संख्या बढदै गएको वहाले बताए ।
सवारी दुर्घटनामा परि घाईते भएर आउनेहरुमा प्रायजसो १५ देखि २२ वर्षका युवाहरुको संख्या बढि रहेको स्वास्थ्यकर्मी पटेलले बताए । यस सम्बन्धमा प्रादेशिक अस्पताल मलंगवाका मेसु डा. नवलकिशोर झाले भने तिव्र गति र मादक पदार्थको सेवन गरेर सवारी चलाउदा सर्लाहीमा सवारी दुर्घटनामा बृद्धि भएको डा. झाको भनाई छ ।
उधोग वाणिज्य संघ सर्लाहीका महासचिव सुजय रायले भने सर्लाहीमा सडक पुर्वाधार बन्दै गएकोले हाईस्पिड गाडी गुडाउदा पनि सवारी दुर्घटनामा बृद्धि भएको उनले भने । प्रदेश सांसद जंगीलाल रायले भने बढि दुर्घटना हुने स्थानहरुमा प्रहरीले आफनो सकृयता बढाउनु पर्छ । जब सम्म तिव्र गतिमा सवारी साधन चलाउनेहरुलाई कारवाही हुदैन तबसम्म सवारी दुर्घटनामा कमि नआउने सांसद रायले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक कमलेश साहले भने सवारी दुर्घटना रोकन प्रहरी पुर्ण रुपमा असफल भएको बताए । जिल्ला प्रहरी कार्यालय सर्लाहीले ट्राफिक व्यवस्थापक र ट्राफिक नियमन गर्न सकेको छैन । ट्राफिक प्रहरीले मात्र राजस्व उठाउन व्यस्त छन ।
वाईकमा ३ जना र सार्वजनिक सवारी साधनमा ठाउभन्दा बढि यात्री बोकेर सवारी चलाउदा सवारी दुर्घटना बढेको साहले बताए । जिल्लामा सवारी चलाउदा छाडापन बढेको स्थानीयहरु बताउछन ।
हाईस्पिड र लागुऔषध सेवन गरेर सवारी चलाउदा जिल्लामा सवारी दुर्घटनामा बुद्धि भएको स्थानीयहरुको कथन छ । जिल्ला ट्राफिक प्रहरीको निस्कृयताले पनि सवारी दुर्घटना बढि हुने गरेको छ । ट्राफिक नियमको उलंघनले गर्दा पनि सवारी दुर्घटना बढेको बसवरिया गाउपालिका अध्यक्ष रामसिंहासन रायले बताए ।
प्रतिक्रिया दिनुहोस्:

