Loktantra Khabar National Weekly
Ad

फुटबल खेलाडी मनिष डाँगीको घरमा चोरी गरेको आरोपमा तीन जना पक्राउ

लोकतन्त्र खबर
१३ फाल्गुन २०८०

फुटबल खेलाडी मनिष डाँगीको घरमा चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

डाँगीको घरबाट गत फागुन ६ गते ४५ लाख रुपैयाँ चोरी भएको थियो।

चोरीमा संलग्न रहेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।

दोलखाको शैलुङ गाउँपालिका ६ का २१ वर्षीय अनुप तामाङ, शैलुङकै २० वर्षीय रविन तामाङ र ललितपुर गोदावरी ६ का २४ वर्षीय राजन श्रेष्ठलाई प्रहरीले चोरी आरोपमा पक्राउ गरेको हो।

फुटबल खेलाडी डाँगीको घरअगाडि अनुपको आफन्तको घर रहेको र उनी त्यहाँ बारम्बार जाने र सोहीक्रममा योजना बनाएर चोरी गरेको प्रारम्भिक बयानबाट खुलेको प्रहरीले जनाएको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: