Loktantra Khabar National Weekly
Ad

प्रसुति गृहबाट हराएको शिशु काँडाघारीमा फेला, महिला नियन्त्रणमा

लोकतन्त्र खबर
१२ फाल्गुन २०८०

काठमाडौं  फागुन ११, थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको शिशु काँडाघारीमा फेला परेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतले शिशुलाई काँडाबारीमा फेला पारिएको अनलाइनखबरसँग पुष्टि गरेका छन् । बच्चा लिएर जाने महिला दैलेख घर भएकी मनकुमारी सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रबार दिउँसो प्रसुति गृहबाट २६ दिनको शिशु लिएर सिंह सम्पर्कविहीन भएकी थिइन् । प्रहरीले शिशुसहित उनलाई गएराति नियन्त्रणमा लिएको हो ।

शिशु लैजानुको कारण भने प्रहरीले बताएको छैन । सीसी टीभी फुटेजमा मास्क लगाएकी महिलाले काभ्रेकी एक महिलाले जन्मदिएको २६ दिनको शिशु लिएर हिंड्दै गरेको देखिएको थियो ।

अनुसन्धान अधिकृतहरुले फुटेजका आधारमा शिशुको खोजी गरेका थिए ।

अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले अनलाइनखबरसँग कुरा गर्दै पीडित महिला ओपीडी जाँचका लागि अस्पताल पुगेका बेला शिशु चोरी भएको बताएका थिए । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: