Loktantra Khabar National Weekly
Ad

आजदेखि रौतहटको कर्फ्यू आदेश हट्ने

लोकतन्त्र खबर
९ फाल्गुन २०८०

सरस्वती पुजाको मूर्ति विसर्जन गर्नेक्रममा दुई समुदायबीच भएको झडपपछि लगाएको कर्फ्यू आदेश आजदेखि हट्ने भएको छ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बुधबार साँझ ५ बजेदेखि लागु हुने गरी इशनाथ नगरपालिकाका ६ वटा वडामा लगाइएका कर्फ्यु आदेश हटाइएको जानकारी दिएका छन्।

शनिबार साँझ ५ बजेदेखि २, ३, ४, ५, ६ र ७ नम्बर वडामा कर्फ्यू आदेश जारी थियो।

कर्फ्यू आदेश जारी गरी सरस्वतीको मूर्ति विसर्जन गरेपछि स्थिति सामान्य बनेसँगै कर्फ्यू आदेश हटाइएको हो। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: