Loktantra Khabar National Weekly
Ad

काठमाडौंको स्वयम्भूमा तीन जनाको शव फेला

लोकतन्त्र खबर
९ फाल्गुन २०८०

काठमाडौंको स्वयम्भूमा तीन जनाको शव फेला परेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार बुधबार बिहान नागार्जुन नगरपालिका वडा नम्बर ६ स्वयम्भूमा तीन जनाको शव फेला परेको हो।

‘तीन जनाको शव फेला परेको छ। प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गर्दैछ,’ उनले भने, ‘कस्तो अवस्थामा थियो भन्ने पछि आउला।’

शव घरभित्र फेला परेको हो। घटनास्थलमा प्रहरीको टोली पुगेको छ।

थप विवरण आउन बाँकी छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: