लोकतन्त्र समाचारदाता–
सर्लाही १५ चैत्र । २०८२ भदौ २३ र २४ गतेका घटना सम्बन्धी गौरीबहादुर कार्की आयोगले तयार पारेको प्रतिवेदनलाई आधार बनाएर नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको विरुद्धमा नेकपा एमाले जिल्ला कमिटी सर्लाहीका अध्यक्ष राजनारायण साहको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी रामुराज कडरियालाई ज्ञापन पत्र बुझाएको छ ।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नु कानुनी राज्यको उपहास भएको साथै पूर्वाग्रही रहेको अध्यक्ष साहले बताउदै आईतवार ज्ञापन पत्र बुझाएका छन । बालेन साह नेतृत्वको सरकारले दुबै जनालाई विनासर्त रिहाइको माग गर्दै सदरमुकाम मलंगवामा केहि बेर प्रदर्शन समेत गरेको सांसद प्रत्यासी नागेश्वर साहले जनाएको छ ।
आफुहरुको माग सरकारले यथासिघ्र पुरा गरेन भने सशतm आन्दोलन गर्ने चेतावनी नेकपा एमाले सर्लाही अध्यक्ष साहले दिदै यसबाट हुने क्षतिको सम्पुर्ण जिम्मेवारी वर्तमान सरकारको हुने साहले चेतावनी दिएको छ ।

