Loktantra Khabar National Weekly
Ad

बालेन साहको विजयको अवसरमा साह यात्री बसमा १५ प्रतिशत छुट

लोकतन्त्र खबर
२४ फाल्गुन २०८२

वीरगञ्ज । बालेन शाह विजयी भएको अवसरमा वीरगञ्जबाट काठमाडौँ बनेपा र धुलिखेलसम्म सञ्चालन हुँदै आएको साह यात्री बसले टिकटमा विशेष छुटको घोषणा गरेको छ। बस सञ्चालक जगरनाथ साहका अनुसार आजको मितिदेखि आगामी १५ दिनसम्म बसको टिकटमा १५ प्रतिशत छुट प्रदान गरिनेछ ।

साह यात्री बस वीरगञ्ज–काठमाडौँ रुटमा सञ्चालन हुने आधुनिक सुविधासम्पन्न बसमध्ये एक रहेको बताइएको छ। १२ मिटर लम्बाइको बसमा २ बाई १ सिट व्यवस्था गरिएको छ भने जम्मा २७ सिट मात्र रहेको कम्पनीले जनाएको छ। यस्तो सुविधायुक्त बस सेवा नेपालमै पहिलोपटक सञ्चालनमा ल्याइएको दाबी सञ्चालकले गरेका छन्। बसको टिकट तथा थप जानकारीका लागि वीरगञ्ज सम्पर्क नम्बर ९८०२५९२४९२ र काठमाडौँ सम्पर्क नम्बर ९८०२५९२४५१ मा सम्पर्क गर्न सकिने जनाइएको छ । सौजन्य यात्रा डेली

 

प्रतिक्रिया दिनुहोस्: