गोडैता – प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सर्लाही निर्वाचन क्षेत्र नम्बर १ को मतगणनाको पहिलो अपडेट सार्वजनिक भएको छ। शुक्रबार दिउँसो १ः५० बजेसम्म १ हजार ६२७ मत गणना सम्पन्न हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्रस्थानमा देखिएको छ। रास्वपाको चुनाव चिह्न घन्टीले ८५१ मत प्राप्त गर्दै स्पष्ट अग्रता लिएको छ। त्यसपछि नेकपा एमाले (सूर्य) २१२ मतसहित दोस्रो स्थानमा रहेको छ भने नेपाली कांग्रेस (रुख) १६१ मतसहित तेस्रो स्थानमा रहेको छ ।
त्यस्तै, जसपा नेपाल (छाता) ले १४६ मत प्राप्त गरेको छ। नेकपा (तारा) ले ६० मत पाएको छ भने जनमत पार्टी (हर्न) ले ८ मत प्राप्त गरेको छ। अन्य दलमध्ये उज्यालो नेपाल (चिम) ले २ मत, प्रगतिशील लोकतान्त्रिक पार्टी (आँख) ले ५ मत तथा श्रम संस्कृति पार्टीले ४ मत पाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (हलो) को मत संख्या भने खुलाइएको छैन। हालसम्म गणना भएका मतमध्ये ११२ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ। यस क्षेत्रमा कुल १ लाख ३० हजार ८७१ मतदाता रहेका छन् भने मतदानका क्रममा ७९ हजार ४०६ मत खसेको थियो । सौजन्य धड्कन एफ.एम.

