मधेशसहित देशव्यापी रुपमा जेन– जी पुस्ताका युवाहरु प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलोपटक निर्वाचनमा सहभागी हुन पाउँदा हौँसिएका छन् । यसपटकको निर्वाचनमा अप्रत्याशित रुपमा परम्परागत दलको किल्ला भत्किन सक्ने अनुमान उनीहरुले गरेका छन् । विगतका निर्वाचित उम्मेदवारले कामभन्दा आफ्नो प्रंशसा खोज्ने र आसेपासे तथा नातागोतामै रमाउने, कमिसन खोज्नेजस्ता भ्रष्टाचार र कुशासनलाई प्रश्रय दिने कार्य गर्दा आफूहरुलाई निकै सास्ती भोग्नु परेकाले आफूहरुले परिवर्तनको पक्षमा मतदान गरेको युवा पुस्ताहरु बताउँछन् ।
जनकपुरधाम वडा नम्बर ४ कि चाँदनी साह प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्नकै लागि संघीय राजधानी काठमाण्डुबाट मधेश प्रदेशको राजधानी आएको औँधि खुसी हँुदै बताइन् । जनकपुरधाम– ४ स्थित भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको प्रांगणमा मतदान गरिसकेपछि कुराकानी गर्दै चाँदनीले खुसी हुँदै भनिन्, ‘परिवर्तनका निमित्त म काठमाण्डुबाट जनकपुरधाम आएको र मतको दान गरेपछि आफू निकै खुसी छु ।’ मधेश प्रदेशबाट यसपटक परिवर्तन हुनेमा उनी विश्वस्त देखिन्थिन् । राम युवा कमिटीको प्रांगणमा मतदान गरिरहँदा एक युवकले आफूले पहिलोपटक मतदान गर्ने र यसपटक आफूलाई मन परेको उम्मेदवारलाई मतदान गर्ने बताए । जनकपुरधाम– ४ का श्याम साहले आफू नयाँ अनुहारलाई मतदान गरी धनुषाको परिवर्तनमा पक्षमा मतदान गर्ने बताए ।
उनी जस्तै कैयन युवाहरुले हाम्रो भन्दा पनि राम्रो उम्मेदवारलाई मतदान गर्ने बताउँछन् । जेन– जी आन्दोलनपछि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई धेरैले निकै आशा र अपेक्षा राखेर निर्वाचनमा मतदान गरेको देखिन्छ । त्यसैले पनि यसपटकको निर्वाचन अन्य वर्षको तुलनामा विशेष निर्वाचनको रुपमा देखिएको छ । तर गएको भदौमा भएको ‘जेन जी आन्दोलन’ पछि जनकपुरधाम– २ की प्रियाशा चौधरीले पहिलोटपक बिहीबार आफ्नो टोलमा रहेको मतदान केन्द्रमा पुगेर भोट खसालिन् । उनले भने, ‘जेन जी आन्दोलनकै कारण उत्प्रेरित भएर भोट हाल्न पाउँदा निकै रमाइलो अनुभव बटुलेको छु ।’ प्रियाशा चौधरीले भनिन्, ‘ पहिलो पटक भोट खसाल्दा हाम्रो जीवनमा केही राम्रै परिवर्तन आउला भन्ने अपेक्षा राखेकी छु । देश पनि थप विकास होला भन्ने सोचेर नै मैले भोट गरेकी हुँ ।’ नेपालको कूल जनसंख्याको करिब ४६ प्रतिशत युवाहरू रहेको राष्ट्रिय जनगणनाले देखाउँछ । कूल जनसंख्याको करिब १९.७ प्रतिशत व्यक्तिहरू १५ देखि २४ वर्षको उमेरका रहेका पछिल्लो जनगणनाले देखाएको थियो । यस चुनावमा भाग लिन योग्य रहेका करिब १ करोड ९० लाख मतदाता मध्ये झन्डै १० लाख मतदाता पहिलो पटक भोट खसाल्ने समूहका रहेका थिए । भ्रष्टाचारकै कारण जेन– जीहरू सडकमा उत्रिएको भन्दै आउने सरकारले त्यसलाई रोक्नुपर्ने बताइन् ।
कौतूहल, डर र रमाइलोमतदाता सूचीमा नाम दर्ता गराएका मध्ये फागुन २० गतेसम्म १८ वर्ष पुग्ने व्यक्तिहरूलाई प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै अनुभव गर्ने मध्ये धनुषाको मिथिला नगरपालिकाकी विनिता महतोले दोश्रो पटक मतदान गर्न पाउँदा निकै खुसी छिन् । उनले दुई वर्ष अघि भएको निर्वाचनपछि फेरि मतदान गर्न पाउँदा यसपटक परिवर्तनको आश बोकेर मतदान गरेको सुनाइन् । उनले भनिन्, ‘विगतको निर्वाचन भएको दुई वर्ष वित्यो । फेरि निर्वाचन भयो । यसपटक आफ्नो अनुकूलमा परिवर्तनको पक्षमा मतदान गरेकी छु ।’ प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले गएको मङ्सिर महिनामा जेन– जी प्रदर्शनकारीहरूसंग सम्झौता गरेको थियो । जसमध्ये जेन– जी आन्दोलनमा भएको मानवअधिकार उल्लंघन र हिंसाको छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाइएको छ । उक्त सम्झौतामा संविधान संशोधन सुझाव आयोग गठन गर्नेदेखि लिएर भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न विभिन्न सुधारहरू गर्ने वाचा गरिएको छ । त्यसमध्येकी एक २४ वर्षकी तनुजा पाण्डेले आजको दिनलाई आफूले एउटा ‘भावनाले भरिएको क्षण’ का रूपमा लिएको बताइन् । उनी झापा निर्वाचन क्षेत्र ५ की मतदाता हुन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह प्रतिस्पर्धामा छन् ।
पहिलोपटक निर्वाचनमा मतदान गरेका जेन– जी युवाहरुले सरकार र जेन–जीबीच भएको सम्झौतालाई नयाँ सरकारले कार्यान्वयन गर्ने आशंका समेत व्यक्त गरेका छन् । सौजन्य जनकपुर टुडे

