बयलवास, १६ फागुन – नेपाली कांग्रेसले आज सर्लाहीको बयलवास बजारमा चुनावी सभा गर्दै छ । पार्टी सभापति गगनकुमार थापाको प्रमुख आतिथ्यतामा आज मध्यान्ह बयलवासस्थित पुरानो ईश्वरपुर नगरपालिका कार्यालय अगाडि चुनावी सभा आयोजना गरेको क्षेत्र नं. १ का क्षेत्रीय सभापति हरिबहादुर लुंगेलीले जानकारी दिए । सर्लाही क्षेत्र नं. १ स्तरीय चुनावी सभालाई सम्वोधन गरेर पार्टी सभापति थापा रौतहटतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।
सर्लाही १ मा नेपाली कांग्रेसबाट नेता शम्भुलाल श्रेष्ठ उम्मेदवार रहेका छन् । श्रेष्ठसँगै नेकपा एमालेबाट मनोजकुमार देवकोटा, नेपाली कम्युनिष्ट पार्टीबाट प्रमोद साह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट नीतिमा भण्डारी कार्की, जनता समाजवादी पार्टीबाट रामप्रकाश चौधरीलगायत चुनावी प्रतिस्पर्धामा रहेका छन् । सौजन्य उज्यालो अभियान
प्रतिक्रिया दिनुहोस्:

