काठमाडौं,१५ फागुन । शुक्रबार सुनको भाउ सामान्य घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ५ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ । सुनको भाउ घट्दा पनि आज चाँदी बढेको छ । अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ बढेर ५ हजार ७४० रुपैयाँ पुगेको छ । सौजन्य अनलाइनखबर
प्रतिक्रिया दिनुहोस्:

