Loktantra Khabar National Weekly
Ad

को हुन् पर्सा–२ बाट जसपाका उम्मेदवार अशोककुमार टेमानी ?

लोकतन्त्र खबर
१० फाल्गुन २०८२

वीरगञ्ज । नेपाल उद्योग वाणिज्य महासङ्घमा लामो समयदेखि योगदान पु¥याउँदै आएका उद्योगी–व्यवसायी अशोककुमार अग्रवाल (टेमानी) यस पटक पर्सा क्षेत्र–२ बाट जनता समाजवादी पार्टी नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका लागि प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बनेका छन् । ६० वर्षीय अग्रवाल वीरगञ्ज महानगरपालिका लोहारपटीका स्थानीय बासिन्दा हुन् । उनी भारतको बिहार विश्वविद्यालयबाट बीकम उत्तीर्ण गरेका छन् । साथै, हार्वर्ड केनेडी स्कुल र एओटीएस जापानबाट कार्यकारी कर्पोरेट म्यानेजमेन्ट सम्बन्धी कोर्स पूरा गरेका छन् ।

तीन दशकभन्दा लामो समयदेखि व्यापार, उद्योग सङ्गठन, कृषि तथा सीमा व्यवस्थापन क्षेत्रमा सक्रिय अग्रवालले अन्तर्राष्ट्रिय शिक्षा र व्यावहारिक अनुभव दुवैलाई आफ्नो मुख्य पुँजीका रूपमा प्रस्तुत गर्दै आएका छन् । पूर्व कराते खेलाडीसमेत रहेका उनले खेलकुद नेतृत्वमा पनि अनुभव हासिल गरेका छन् । अग्रवालले वीरगञ्ज उद्योग वाणिज्य सङ्घ, मधेस प्रदेश उद्योग वाणिज्य सङ्घ तथा नेपाल उद्योग वाणिज्य महासङ्घमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् । नेपाल–भारत व्यापार तथा पारवहन क्षेत्रका विषयमा उनी विशेष रूपमा सक्रिय रहँदै आएका छन् । पर्सा–२ मा विगत निर्वाचनमा जसपाको उल्लेखनीय उपस्थिति रहेको थियो । २०७९ सालको निर्वाचनमा जसपाका उम्मेदवार सुरेन्द्रप्रसाद कुर्मीले २२ हजार ४४५ मत ल्याउँदै दोस्रो स्थान हासिल गरेका थिए । सो आधारमा यस पटक अग्रवालले पार्टीको स्थापित मताधार र स्थानीय प्रभावका आधारमा प्रतिस्पर्धालाई चुनौतीपूर्ण बनाउने अपेक्षा गरिएको छ । सौजन्य यात्रा डेली

 

प्रतिक्रिया दिनुहोस्: