Loktantra Khabar National Weekly
Ad

५ वर्षमा १०० खर्बको अर्थतन्त्र पुयाउने एमालेको घोषणा

लोकतन्त्र खबर
७ फाल्गुन २०८२

काठमाडौँ । नेकपा एमालेले आगामी ५ वर्षमा १०० खर्बको अर्थतन्त्र पु¥याउने घोषणा गरेको छ । बिहीबार काठमाडौँमा निर्वाचन घोषणापत्र सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो । एमालेले प्रतिनिधि सभा निर्वाचन–२०८२ का लागि सार्वजनिक गरेको घोषणापत्रमा आर्थिक विकास, पूर्वाधार निर्माण र सामाजिक सुरक्षालाई मुख्य प्राथमिकतामा राखेको छ । एमालेले घोषणापत्र मार्फत समृद्धिका २५ स्तम्भ राख्दै पहिलो स्तम्भमै आगामी ५ वर्षमा देशको अर्थतन्त्र १०० खर्ब र १० वर्षमा २०० खर्ब पु–याउने लक्ष्य लिएको छ । अर्थतन्त्रको आकारसँगै कृषि, ऊर्जा, पर्यटन र पूर्वाधार निर्माणमार्फत वार्षिक ७ देखि ९ प्रतिशत सम्मको आर्थिक वृद्धिदर हासिल गर्ने योजना एमालेले घोषणापत्रमा उल्लेख गरेको छ ।

आगामी ५ वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पु–याउने लक्ष्य राखिएको छ । वार्षिक ५ लाख रोजगारी दिने घोषणा पनि गरेको छ । स्वदेशमै रोजगारी सिर्जना गर्ने नीति अनुरूप, वार्षिक ५ लाख रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाइएको छ । श्रमिकहरूको मासिक न्यूनतम पारिश्रमिक २५ हजार पु–याइने घोषणा गरिएको छ । सौजन्य रातोपाटी

प्रतिक्रिया दिनुहोस्: