बैतडी । शिक्षण क्षेत्रमा विशिष्ट योगदानको कदम स्वरूप प्रदान गरिँदै आएको मीना दिदी पुरस्कार यस वर्ष बैतडीकी कृष्णा विष्टलाई प्रदान गरिएको छ । पाल्पाको किसान माविमा प्रथम महिला शिक्षिका मीना कुमारी कार्कीको नाममा स्थापना भएको उक्त पुरस्कारको राशि पचास हजार रहेको छ ।
नेपालभरका शिक्षण क्षेत्रबाट सामाजिक रूपान्तरको लागि महत्त्वपूर्ण योगदान दिएको उपलक्ष्यमा प्रदान गरिने मीना दिदी पुरस्कार प्रत्येक वर्ष प्रदान गरिनेछ । किसान माविको ६५ औँ वार्षिक उत्सवको अवसरका तत्कालीन प्रअ वासुदेव अर्याल, पुरस्कारकी संरक्षण डा आरती कार्की, सदस्यसचिव उमानाथ पोखरेल, विद्यालय सञ्चालक समितिका अध्यक्ष मधु पराजुली, गाउँपालिका अध्यक्ष यम चिटीलगायतले संयुक्त रूपमा पुरस्कार प्रदान गरेका थिए । सो अवसरमा नारायण रायमाझीले आफ्नी गुरुआमा मीना दिदीलाई स्मरण गर्दै उनले छ दशकअघि शिक्षा क्षेत्रमा आबद्ध भएर विशेषतः छोरीहरूको लागि पढ्नुपर्छ भन्ने उत्प्रेरणाको निम्ति उदाहरण भएर प्रस्तुत भएको चर्चा गरे
तत्कालीन समयका प्रअ वासुदेव अर्यालले मीना दिदीले विद्यार्थीको निम्ति आमाको जस्तो भूमिका निर्वाह गरेको उल्लेख गरे । कृष्णा विष्टले २०३३ सालदेखि २०६१ सम्म बैतडीमा शिक्षकको रूपमा कार्य गरेकी थिइन् । छाउपडी न्यूनीकरण दलित जनजाति र बालबालिकाको हक हितमा, महिला उत्थानमा एकल महिलाको हकहितमा कार्य गरिब तथा पिछडिएका चेलीहरूलाई प्राविधिक शिक्षामा उनले सहयोग पु¥याएकी थिइन् । सौजन्य रातोपाटी

