नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले मधेश प्रदेशको जनकपुरधामबाट प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् । जनकपुरधाममा बुधबार आयोजित प्रतिज्ञासभामा पार्टी सभापति १० बुँदे भिजनसहित प्रतिज्ञापत्र सार्वजनिक गर्दै सभापति थापाले भदौ २३ मा जस्तो अब देशमा युवा मारिनु नपर्ने र सिंहदरबार जल्नु नपर्ने कांग्रेसको प्रतिज्ञा रहेको बताए । देशमा देखिएका समस्याको समाधानका लागि कांग्रेसले भोलिको उज्यालो नेपालका लागि योजनासहितको खाका तयार पारिसकेको बताए । उनले प्रश्न गर्दा गोली नचल्ने नेपाल बनाइने प्रतिज्ञा गरे । सभापति थापाले विगतमा थुप्रै काम भए पनि भएका गल्ती सच्याउन कांग्रेस तयार रहेको बताए । उनले भदौ २३ र २४ गते सडकमा आएका युवा पुस्ताको भावनालाई कांग्रेसले सम्बोधन गर्ने बताए ।
सभापति थापाले अबको पाँच वर्षको समय खेर नफाल्ने पनि स्पष्ट पारे । उनले सबै राजनीतिक दल र पक्षलाई सम्हालेर कांग्रेसले अबको पाँच वर्ष विकास र परिवर्तनको नेतृत्व लिने बताए । प्रतिज्ञापत्रको विस्तृत अंश भने बिहीबार काठमाण्डुस्थित राष्ट्रिय सभागृहमा हुने आयोजित कार्यक्रममा सार्वजनिक गरिने भएको छ ।
यसका साथै उक्त कार्यक्रममा घोषणापत्रमाथि उठेका प्रश्नहरूको जवाफ सभापति थापाले दिने कार्यक्रम रहेको उनले बताए । त्यस्तै कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशमा स्थिर सरकार र सुशासनको मुद्दामा चुनावपछि साझा धारणा बनाउन दलहरुसित सहकार्य गर्न कांग्रेस तयार रहेको बताए । उनले उक्त मुद्दामा विद्रोह भयो, त्यसको जरोमा पुगेर समाधान गर्न कांग्रेस तयार रहेको बताए । त्यसैगरि कांग्रेसकी अर्की उपसभापति पुष्पा भुषालले पार्टी बदलेर मुलुक बदल्न कांग्रेस अग्रसर भएको बताइन् । उनले उपसभापति भुसालले अहिलेको चुनाव संघीयताको विरोधी र पक्षपातीबीच भएको बताइन् ।
कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि कांग्रेसले बहुमत ल्याउनुपर्ने बताए । नेपालमा कांग्रेसबाहेक परिवर्नतकारी पार्टी अर्को कुनै नभएको उनको भनाइ छ । सार्वजनिक गरिएको १० बुँदे भिजनसहितको प्रतिज्ञापत्रमा आगामी पाँच वर्षभित्र हासिल गरिने लक्ष्यसहित सार्वजनिक गरिएको भिजनमा ‘बदलियो कांग्रेस, बदलिन्छ देश’ भन्ने उद्घोषका साथ नागरिक केन्द्रित शासन प्रणाली निर्माण गर्ने प्रतिबद्धता जनाइएको छ । कांग्रेसले परिकल्पना गरेको नेपालमा नागरिकको आत्मसम्मानलाई पहिलो प्राथमिकतामा राखिएको उल्लेख गर्दै जात, धर्म, लिङ्ग वा क्षेत्रका आधारमा हुने सबै प्रकारका विभेद अन्त्य गरिने जनाइएको छ । हरेक नागरिकले शिर ठाडो पारेर बाँच्न पाउने ‘सम्मानित नेपाल’ निर्माण गर्ने लक्ष्य पार्टीले अघि सारेको छ । भिजनमा विधिको शासन कडाइका साथ लागू गर्ने, सत्ता र शक्तिको पहुँचका आधारमा पाइने विशेषाधिकार अन्त्य गर्ने तथा बेथिति र हैरानीमुक्त प्रशासनिक सेवा प्रवाह गर्ने संकल्प गरि एको छ । भ्रष्टाचार नियन्त्रण र सरकारी सेवामा दे िख न े ढिलासुस्ती अन्त्य ग र ी नागरिकले घरमै बसेर सेवा पाउने व्यवस्था मिलाइनेछ । अ ा िर्थ क समृद्धिका लागि निजीक्षेत्रको प्रवद्र्धन, सम्पत्ति सिर्जना र लगानीमैत्री वातावरण निर्माण गर्ने नीति अघि सारिएको छ । स्वदेशमै रोजगारीका अवसर सिर्जना गरी युवाहरूले नेपालमै भविष्य देख्न सक्ने वातावरण बनाउने र वैदेशिक पलायन रोक्ने रणनीति पनि भिजनमा समेटिएको छ ।
कृषिलाई मर्यादित पेशाको रूपमा विकास गर्दै प्रविधि र बजारको उचित व्यवस्थापनमार्फत ‘पेटभरि खुवाउने र देशलाई चिनाउने’ किसानमुखी नेपाल निर्माण गर्ने उल्लेख गरिएको छ । यसका साथै पर्यटन, ऊर्जा र पूर्वाधार विकासलाई समुन्नतिको प्रमुख आधारका रूपमा प्रस्तुत गरिएको छ । उक्त प्रतिज्ञा सभामा धनुषा– ४ का उम्मेदवारसमेत रहेका नेता महेन्द्र यादव, पार्टीकी केन्द्रीय सहमहामन्त्री मुक्ता यादव, नवप्रवेशी राष्ट्रिय स्वतन्त्र पार्टी(र ास्वपा) मधेश प्रदेशकी संस्थापक सभापतिसमेत रहेकी ममता शर्मालगायतकाले शुभकामना मन्तव्य राखेका थिए । रास्वपा परित्याग गरेकी शर्माले रास्वपाको नीति गलत नेतृत्वका कारण बिग्रिएको बताइन् । उनले मंगलबार रास्वपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी थिइन् । सौजन्य जनकपुर टुडे

