Loktantra Khabar National Weekly
Ad

ट्रमा सेन्टरको ‘सुनिल क्यान्टिन’ लाई वाणिज्य विभागको जरिबाना

लोकतन्त्र खबर
६ फाल्गुन २०८२

काठमाडौं, ६ फागुन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार काठमाडौंका विभिन्न १३ व्यावसायिक फर्ममाथि कारबाही तथा निर्देशन जारी गरेको छ । अनुगमन क्रममा कैफियत भेटिएपछि काठमाडौं महानगरपालिका–११ स्थित ट्रमा सेन्टरमा सञ्चालित ‘सुनिल क्यान्टिन’ लाई ५ हजार रुपैयाँ जरिबाना गरिएको छ । यस्तै चाबहिलमा रहेको हेल्दी बाइट्स् सर्भिसेस प्रालिलाई व्यवसायसँग सम्बन्धित आवश्यक कागजात ३ दिनभित्र विभागमा उपस्थित भई पेस गर्न निर्देशन दिइएको विभागले जनाएको छ । अनुगमन गरिएका अन्य ११ फर्महरूलाई भने सुधारका लागि सामान्य निर्देशन दिइएको छ । सौजन्य अनलाइनखबर

प्रतिक्रिया दिनुहोस्: