Loktantra Khabar National Weekly
Ad

अमेरिकी सेनाद्वारा पूर्वी प्रशान्त र क्यारिबियनमा ३ वटा जहाजमाथि आक्रमण, ११ जनाको मृत्यु

लोकतन्त्र खबर
६ फाल्गुन २०८२

अमेरिकी सेनाले पूर्वी प्रशान्त र क्यारिबियन क्षेत्रमा तीनवटा जहाजमाथि आक्रमण गर्दा ११ जनाको मृत्यु भएको अमेरिकी दक्षिणी कमाण्डले जानकारी दिएको छ। कमाण्डले सामाजिक सञ्जाल एक्समा दिएको जानकारीअनुसार पूर्वी प्रशान्त क्षेत्रको पहिलो जहाजमा चार जना, दोस्रो जहाजमा चार जना र क्यारिबियन क्षेत्रको तेस्रो जहाजमा तीन जनाको मृत्यु भएको हो। गुप्तचर निकायले ती जहाजहरू लागुऔषध तस्करीका लागि परिचित मार्गहरूबाट गइरहेको र तस्करी कार्यमा संलग्न रहेको पुष्टि गरेको कमाण्डले दाबी गरे। यस आक्रमणमा अमेरिकी सेनालाई कुनै क्षति नभएको बताइएको छ ।

यद्यपि अमेरिकी प्रशासनले ती डुङ्गाहरू, कार्गो वा मारिएका व्यक्तिहरूका बारेमा आफ्ना आरोपहरू पुष्टि गर्ने कुनै प्रमाण भने उपलब्ध गराएको छैन। सेप्टेम्बरको सुरुदेखि अमेरिकी सेनाले क्यारिबियन र पूर्वी प्रशान्त क्षेत्रमा लागूऔषध तस्करीमा संलग्न रहेको आरोप लगाइएका डुङ्गाहरूमाथि लगभग ४० पटक आक्रमण गरिसकेको छ । जसमा १३० भन्दा बढी मानिसको ज्यान गएको छ। भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई पक्राउ गरिएको जनवरी ३ को सैन्य कारबाहीपछि पेन्टागनले जनवरीको अन्त्यदेखि जहाजहरूमाथि पुनः आक्रमण सुरु गरेको हो । सौजन्य यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: