Loktantra Khabar National Weekly
Ad

मैथिली भाषालाई कामकाजी बनाउने प्रतिबद्धता

लोकतन्त्र खबर
६ फाल्गुन २०८२

‘जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८२’ शुरु भएको छ । मैथिली विकास कोषको आयोजनामा चार दिवसीय ‘जनकपुरधाम साहित्य, कला तथा अन्तर्र ाष्ट्रिय नाट्य महोत्सव’ सांस्कृतिक झाँकीसहित महोत्सव शुरु भएको छ । जनकपुरधाममा मंगलबार रंगभूमि मैदानबाट सांस्कृतिक झाँकीसहित औपचारिक उद्घाटन गरिएको छ । मैथिली विकास कोषको आयोजना तथा मधेश प्रदेश सरकारको शिक्षा र संस्कृति मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिका, राजर्षिजनक विश्व विद्यालयको सहितको निकायको सह– आयोजनामा महोत्सव शुरु भएको छ । महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मैथिली भाषा, साहित्य तथा संस्कृतिको विकासका लागि यस्ता प्रकारका महोत्सव महत्त् वपूर्ण भएको बताए ।

उनले मधेश प्रदेश सरकारले मैथिली भाषा, साहित्यको विकासका लागि अगामी दिनमा थप लगानी गर्ने बताए । उनले मधेश प्रदेशमा सबैभन्दा बढी बोलिने मैथिली भाषालाई कामकाजी भाषा बनाउने तर्फ अग्रसर हुने बताए । मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले मैथिली भाषा तथा साहित्य र कलाको विकासका लागि यस्ता प्रकारका महोत्सव महत्वपूर्ण भएको बताए । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले मैथिली भाषा, साहित्य तथा संस्कृतिको विकासका लागि उपमहानगरपालिका निरन्तर रूपमा काम गरिरहेको बताए ।

मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीलेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री श्याम प्रसाद पट्टेल, पूर्व मन्त्री रामसरोज यादव, वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल सहितका वक्ताहरूले शुभकामना दिएका थिए । सौजन्य जनकपुर टुडे

प्रतिक्रिया दिनुहोस्: