धनुषा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का उम्मेदवारहरु मध्ये एकजनामाथि ‘कालो सूची’ खतराको घण्टी बज्न थालेको छ । घण्टी छाप चुनाव चिह्नबाट उम्मेदवारी दिएका कालो सूचीमा रहेका उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । तर उनी कालोसूचीमा रहेकाले ऋण नतिरे फागुन १० गते निर्वाचन कार्यालयमा उजुरी दिने साहुकारले जनाएका छन् । धनुषा जिल्लाकै साहुकार (नाम खुलाउन नचाहने) ले १ करोड २५ रुपैयाँको चेक बाउन्स गराएका छन् ।
चेकको रकम ब्याज सहित १० गते अगावै भुक्तान नगरिए उम्मेदवारी दर्ताका लागि निर्वाचन कार्यालयमा आवेदन दिने उनले बताएका छन् । ‘रास्वपाका उम्मेदवारलाई पटक पटक रकम भुक्तानीका लागि आग्रहगर्दा अटेर गरेकोले बाध्य भइ उम्मेदवार दर्ता बदर गराउने प्रक्रियामा जानु पर्ने भएको छ ।’ उनले भने, ‘चुनावको क्रममा फोन नउठाउने र रकम समेत नदिएकाले कारबाही प्रक्रियामा जान लागेको छु ।’ केही वर्ष पुर्व कारोबारको क्रममा रकम भुक्तानी गर्न नसकेपछि १ करोड २५ लाख रुपैयाँको चेक दिए पनि हालसम्म रकम भुक्तान नगरेको उनले बताए ।
चुनाव हुन १५ दिन भन्दा पनि कम समय रहे पनि उम्मेदवारी दर्ता बदरको प्रक्रिया अगाडि बढ्दा उम्मेदवारको मनोनयन पत्र पनि बदर हुन सक्ने कानुन व्यवसायीहरुले जनाएका छन् । ‘कालो सूचीमा परेका व्यक्तिहरुको उम्मेदवारी दर्ता भएकै बेला पनि रद्द हुने प्रावधान छ ।’ युवा कानुन व्यवसायी दिपक केसीले भने, कालो सूचीमा रहेका उम्मेदवार विरुद्ध स–प्रमाण उजुरी निर्वाचन कार्यालयमा परे उम्मेदवारी रद्द हुन सक्छ । उम्मेदवारी रद्द हुने खतराको घण्टी बज्न थालेपछि उम्मेदवार अहिले सकसमा देखिएको छ ।
उनले तत्काल रकम फछ्र्योट गर्न सक्ने अवस्थामा नरहेको भन्दै सहयोगीहरु मार्फत साहुकारमाथि आग्रह सहितको दबाब दिन थालेको बताइन्छ । धनुषा जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरु छन् । उनीहरुको अवस्था चुनावमा राम्रो रहेको बताइन्छ । तर कालोसूचीमा रहेका उम्मेदवारले रकम भुक्तान नगरे उम्मेदवारी खारेजीको लागि आवेदन निर्वाचन कार्यालयमा पर्ने निश्चित जस्तै रहेको बताइन्छ । उम्मेदवारी रद्द एकजनाको भए पनि विपक्षी दल र उम्मेदवार हरुले अन्य क्षेत्रमा समेत त्यसको प्रचार प्रसार गर्ने छ ।
त्यसले रास्वपाका उम्मेदवारहरुलाई कठिनाइ हुन नसक्ने बताइन्छ । उम्मेदवारी रद्द भए उम्मेदवारलाई अनेकौ प्रकारको क्षति हुनेछ । चुनावमा उम्मेदवारी दिइसकेर प्रचार प्रसार समेत धेरै अगाडि बढाइसकेको अवस्थामा उम्मेदवारी रद्द हुँदा मानसिक, आर्थिक, राजनीतिक, सामाजिकलगायतको क्षति हुने बताइन्छ । रास्वपाले टिकट वितरणमा पार्टीमा लगानी गरेका कार्यकर्ताहरुको सिफारिसलाई ध्यान नदिँदा कालोसूचीमा परेका व्यक्तिहरुले समेत टिकट पाएको बताइन्छ । टिकट वितरण अगाडि अनेक प्रक्रिया अपनाइएको जनाएको रास्वपाले उम्मेदवारीको बेला त्यस बाहेकको प्रक्रियालाई प्राथमिकता दिएर टिकट बितरण गरेको आरोप समेत लागेको थियो । सौजन्य जनकपुर टुडे

