काठमाडौँ । कलाकार जितु नेपाल अहिले मुम्बईमा छन् । फिल्म ‘आई एम जीतबहादुर’ को डबिङका लागि उनी मुम्बई पुगेका हुन् । सोही क्रममा उनको भेट बलिउड अभिनेता वरुण धवनसँग भएको छ । जसको जानकारी उनले सामाजिक सञ्जालमार्फत दिएका छन् । उनले लेखका छन्, ‘मेरो पछि उहाँको डबिङ थियो कुरा गर्दा गर्दै आउनु भयो । हाम्रो निर्देशक ज्यूले परिचय गराउनुभयो । नेपालबाट कमेडियन भने पछि गफ अगाडी बढ्यो । मैले भने आपका और मेरा एक हि स्टुडियो मे डबिङ होनेका मुझे मालुम था इसलिए पशुपतीनाथका प्रशाद भि ल्याया हुँ ।’ पशुपतिनाथको प्रसाद भनेपछि खुसी हुदै लगाएको समेत जितुले खुलाएका छन् । उक्त भेटमा धवनलाई आफूले नेपालको रुद्राक्षको माला पनि उपहार दिएको जितुले बताए । सौजन्य रातोपाटी
प्रतिक्रिया दिनुहोस्:

