काठमाडौँ । दिनभरि कार्यालयको काम गरेर थाकेको होस् वा महिनावारीसँगै आउने पेट दुखाइ वा पेट फुल्ने नै समस्या किन नहोस् । सौंफको चिया यस्ता कैयौं समस्याबाट छुटकारा पाउन प्रभावकारी हुन्छ । यो चिया स्वादिष्ट त छ नै, स्वास्थ्यका लागि पनि धेरै नै फाइदाजनक छ । सौंफको दाना राखेर बनाइएको यो चियाको स्वाद भने मुलेठीको जस्तो हुन्छ । सौंफलाई प्राकृतिक पाचन सहायकको रूपमा चिनिन्छ । यसको सेवन गर्दा दुखाइ, पेट फुल्ने र ग्यास जस्ता पेटका कयौं समस्याहरूबाट उल्लेखनीय राहत मिल्छ । सौंफको विशेष गुणहरूले ग्यास कम गर्छ, पेटको दुखाइलाई शान्त पार्छ र पाचनलाई सहज बनाउन मद्दत गर्छ । यो चिया विशेष गरी इरिटेबल बोवेल सिन्ड्रोम जस्ता दीर्घकालीन पाचन समस्या भएकाहरूका लागि लाभदायक हुन सक्छ । तातो पानीमा सौंफलाई एकक्षण राखेर पिउँदा मात्रै पनि पाचन प्रणालीले आराम पाउँछ । सुन्निएको कम हुन्छ र आन्द्राको गतिविधिलाई सन्तुलनमा राख्छ ।
दिनहुँ सौंफको चिया पिउनाले स्वास्थ्यमा कसरी हुन्छ सुधार ? नयमित रूपमा सौंफको चिया पिउनाले पाचनसम्बन्धी समस्याहरूमा सुधार आउन सक्छ र दैनिक जीवनको गुणस्तर पनि सुध्रिन्छ । खाना खाएपछि वा पेटमा भारीपन वा असुविधा महसुस हुँदा एक कप सौंफको चिया पिउनुसरल र प्रभावकारी घरेलु उपचार साबित हुन सक्छ ।
भारतको राष्ट्रिय आयुर्वेद संस्थानका अनुसार सौंफको चियाले पाचन प्रणालीलाई बलियो बनाउँछ र धेरै स्वास्थ्य समस्याहरूबाट राहत दिन्छ । सौंफमा एन्टिअक्सिडेन्ट, एनटी ब्याक्टेरियल र दुखाइ कम गर्ने गुणहरू हुन्छन् । यसले पाचनमा मद्दत गर्छ र पेटमा ग्यास जम्मा हुने फुल्ने, अपच हुने र कब्जियत जस्ता समस्याहरूबाट राहत दिन्छ । सौंफले पेट बाउँडिने र पेट दुख्ने समस्याबाट पनि बचाउँछ । यसले थकान कम गर्छ र दिमागलाई ताजा बनाउँछ ।
आयुर्वेदमा महत्त्व आयुर्वेदमा सौंफलाई पित्त दोष सन्तुलन गर्ने वस्तु मानिन्छ । यसले सुन्निएको कम गर्छ, सास फेर्न हुने समस्यामा राहत दिन्छ र शरीरबाट अतिरिक्त पानी हटाउन मद्दत गर्छ । यसको नियमित सेवनले तौल नियन्त्रण, हार्माेनल सन्तुलनलाई पनि बढावा दिन्छ र छालाको चमक सुधार गर्छ । यसरी बनाउनुस् सौंफको चिया सौंफको चिया बनाउन सजिलो छ । एउटा भाडोमा १ कप पानीमा १ चम्चा सौंफको दाना राख्नुहोस् । यसलाई ५–१० मिनेट उमालेर छान्नुहोस् अनि तातै पिउनुहोस् । यो चिया खाना खाएपछि पिउनु झन् राम्रो हुन्छ । स्वादको लागि तपाईंले यसमा मह थप्न सक्नुहुन्छ । यद्यपि, यो चिया अत्यधिक सेवन भने गर्नु हुन्न । गर्भवती महिलाहरूले पनि यो चियाको सेवन गर्नुअघि डाक्टरसँग परामर्श गर्नुपर्छ ।
(अस्वीकरणः सल्लाहसहित यो जानकारी अनलाइन स्रोतका आधारमा तयार पारिएको हो । योग्य चिकित्सा रायको विकल्प होइन । थप जानकारीको लागि सधैं विशेषज्ञ वा आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस् । सौजन्य रातोपाटी

