Loktantra Khabar National Weekly
Ad

विद्यार्थीलाई अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी शुल्कमा ५० प्रतिशत छुट

लोकतन्त्र खबर
५ फाल्गुन २०८२

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी सेवा शुल्कमा ५० प्रतिशत छुट दिने विशेष योजना ल्याएको छ। बैंकले अध्ययन शुल्क, भिसा शुल्क र विभिन्न अनलाइन परीक्षाका लागि गरिने भुक्तानीमा लाग्ने सेवा शुल्कमा भारी कटौती गरेको हो।
यस योजना अन्तर्गत विद्यार्थीहरूले आईईएलटीएस, टोफल, स्याट, जीम्याट, पीटीई जस्ता परीक्षा शुल्कका साथै कलेज फि र बीमा शुल्क भुक्तानी गर्दा आधा मात्र सेवा शुल्क तिरे पुग्नेछ। बैंकले सार्वजनिक गरेको यो सहुलियतपूर्ण योजना आगामी जुलाई ३१, २०२६ सम्म लागू हुनेछ । विद्यार्थी र अभिभावकको सहजताका लागि बैंकले आफ्ना ११७ वटा शाखाहरूबाट यो सेवा उपलब्ध गराएको छ। यो छुट सुविधा पाउने शाखाहरूको विस्तृत विवरण बैंकको आधिकारिक वेबसाइटमा राखिएको छ । ’ सौजन्य रातोपाटी

प्रतिक्रिया दिनुहोस्: