Loktantra Khabar National Weekly
Ad

जनकपुरधाममा ‘विशाल आम सभा’ बारे पत्रकार सम्मेलन

लोकतन्त्र खबर
५ फाल्गुन २०८२

जनकपुरधाम, फागुन ५ । नेपाली कांग्रेस मधेस प्रदेश निर्वाचन प्रचार–प्रसार समितिले फागुन ६ गते बुधबार जनकपुरधाममा आयोजना हुन गइरहेको ‘विशाल आम सभा’का विषयमा जानकारी दिन आज पत्रकार सम्मेलन गर्ने भएको छ । समितिका अनुसार पत्रकार सम्मेलन दिउँसो २ बजे नेपाली कांग्रेस मधेस प्रदेश पार्टी कार्यालय, थापाचोक, जनकपुरधाममा आयोजना हुनेछ। सम्पूर्ण सञ्चारकर्मीहरूलाई उपस्थित भई सूचना प्रवाहमा सहयोग गर्न अनुरोध गरिएको छ ।

निर्वाचन प्रचार–प्रसार समितिका संयोजक नितेश कुमार गुप्ताले आम सभा भव्य तथा ऐतिहासिक रूपमा सम्पन्न गर्न व्यापक तयारी भइरहेको जानकारी दिए । उनका अनुसार कार्यक्रम सफल बनाउन संगठनात्मक तयारी, जनपरिचालन तथा व्यवस्थापनका कार्यहरू तीव्र रूपमा अगाडि बढाइएको छ । बुधबार आयोजना हुने उक्त आम सभामा पार्टीका शीर्ष नेताहरूको उल्लेखनीय सहभागिता रहने जनाइएको छ। यही सभाबाटै पार्टीको फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि तयार गरिएको संकल्प पत्र पनि घोषणा गरिने छ । सौजन्य रिपोर्टर्स नेपाल

 

प्रतिक्रिया दिनुहोस्: