Loktantra Khabar National Weekly
Ad

मालपोत कार्यालय पर्साका अधिकृतमाथि १० लाख घुस माग्दै फाइल अड्काएको आरोप

लोकतन्त्र खबर
४ फाल्गुन २०८२

वीरगञ्ज । वीरगञ्जस्थित भूमिसुधार तथा मालपोत कार्यालय पर्साका प्रमुख मालपोत अधिकृत खेमराज खत्रीले भारतीय नागरिक अनिल कुमारबाट जग्गा नामसारीको फाइल रोकेर १० लाख रुपैयाँ घुस मागेको आरोप लागेको छ । वीरगञ्ज भुमिसुधार कार्यलयका हाकीमले १० लाखको घुस मागेको भिडियो हेर्न यहा किलिक गर्नुस । वीरगञ्ज महानगरपालिका–२५ श्रीसिया खल्वाटोला क्षेत्रको सिट नं. ११३–०३८८, कित्ता नं. २८० को १४१६.८९ वर्गमिटर जग्गा स्वर्गीय देवनारायण साह कलवारको नाममा रहेको थियो । उक्त जग्गा नामसारीका लागि अनिल कुमारले २०८२ जेठ १९ गते कार्यालयमा निवेदन दर्ता गराएका थिए ।

जग्गा उनका बाजेको नाममा रहेको, परिवारका अन्य सदस्यहरुको मृत्यु भइसकेको र उनी एकमात्र हकदार रहेको तथ्य प्रमाणित भइसकेको छ । सार्वजनिक सूचना प्रकाशित, स्थलगत सर्जमिन र स्थानीय तहको सिफारिससमेत पूरा भइसकेको अवस्थामा पनि प्रमुख अधिकृत खत्रीले फाइल अघि बढाउन नमानेको पीडितको गुनासो छ । “जग्गाको मूल्यभन्दा तीन गुणा बढी घुस मागे” अनिल कुमारले भने, “मुख्य अधिकृतले ‘जग्गाको मूल्यभन्दा तीन गुणा बढी’ रकम घुस माग्नुभयो । पैसा नदिएपछि फाइलमा कार्यविनाश गरियो । सरकारी कार्यालयमा यस्तो बार्गेनिङ हुनु नियम र सुशासनको धज्जी उडाउने काम हो ।” उनले तत्काल अख्तियार दुरुपयोग अनुसन्धान आयोग र माथिल्लो निकायबाट छानबिन हुनुपर्ने माग गरेका छन् ।

कार्यालयका शुभलाभ भू–सेवा कर्मचारी ओमप्रकाश यादवले पनि फाइल रोक्नु गलत भएको बताएका छन् । “सर्वसाधारणलाई मानसिक तनाव दिइएको छ । राष्ट्रिय स्तरको पत्रिकामा सूचना प्रकाशित गर्नुपर्ने कानुनी व्यवस्था नै छैन,” उनले भने । यस विषयमा प्रमुख मालपोत अधिकृत खेमराज खत्रीले भने, “भारतीय नागरिकको जग्गा नामसारी संवेदनशील विषय हो । सबै कागजात राम्ररी जाँचबुझ गरेर मात्र निर्णय गर्नुपर्छ । त्यसैले केही समय लागेको हो, फाइल रोकेको होइन ।” घटनाले भूमि प्रशासनप्रति स्थानीयवासीको विश्वास घटाएको छ । कार्यालयमा नियमित काम गर्न पनि ठूलो रकम तिर्नुपर्ने अवस्था रहेको गुनासो सर्वसाधारणमा छ । भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न सरकारी संयन्त्रबाट तत्काल कदम चाल्नुपर्ने आवाज उठ्न थालेको छ । सौजन्य यात्रा डेली

 

प्रतिक्रिया दिनुहोस्: