Loktantra Khabar National Weekly
Ad

तेस्रो खेलमा वेस्ट इन्डिजसँग हार्दा विश्वकपबाट बाहिरियो नेपाल

लोकतन्त्र खबर
३ फाल्गुन २०८२

आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत खेलमा लगातार तीन खेलमा पराजित व्यहोरेपछि नेपाल सुपर एटमा पुग्ने प्रतिस्पर्धाबाट बाहिरिएको छ। आजको खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएको हो। भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३३ रनको योगफल बनाएको हो।
नेपालको लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५८ रनको योगदान दिए। त्यस्तै सोमपाल कामीले २६ रन बनाए। लोकेश बमले १३ रन बनाए भने आसिफ शेख र गुल्शन झाले समान ११÷११ रन जोडे। वेस्ट इन्डिजका लागि जेसन होल्डरले चार विकेट लिए भने म्याथ्यु फोर्डे, अकिल होसेन र रोस्टन चेसले समान एक÷एक विकेट लिए। १३४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले एक विकेट गुमाएर १५ ओभरमा लक्ष्य भेट्टायो। वेस्ट इन्डिजका लागि शाइ होपले सर्वाधिक ६१ रन बनाए भने शीमरोन हिटमेयरले ४६ रन बनाए। ब्राण्डन किङले २२ रन बनाउँदा नेपालका लागि नन्दन यादवले एक विकेट लिए। समूह चरणका खेलमा लगातार दोस्रो हार बेहोरेको नेपाललाई आज जित्नै पर्ने दबाब थियो। नेपाल यसअघि इङ्ल्यान्डसँग चार रन र इटालीसँग १० विकेटले पराजित भएको थियो। वेस्ट इन्डिज दुईपटकको विश्वकप बिजेता टिम हो। वेस्टइन्डिजले सन् २०१२ र २०१६ मा टी–२० विश्वकपको उपाधि जितेको थियो। सौजन्य थाहा खबर

प्रतिक्रिया दिनुहोस्: