जनता समाजवादी पार्टी (जसपा) नेपालका महासचिव मनिषकुमार मिश्रको नेतृत्वमा सयौं नेता कार्यकर्ताहरु नेपाली काग्रेसमा प्रवेश गरेका छन् । शनिवार निर्वाचन क्षेत्र नम्बर सर्लाही ४ को बलरा नगरपालिका ९ अचलगढमा आयोजित वृहत पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगन थापाले मिश्रसहितका नवप्रवेशीहरुलाई फुलमाला र टीका लगाई पार्टी प्रवेश गराएका हुन । मिश्रसँगै जसपा नेपालमा एकीकृत भएका लोकतान्त्रिक पार्टीका अधिकांश नेताहरु कार्यकर्ताहरु कांग्रेस प्रवेश गरेका हुन् । उनीसँगै कांग्रेसमा पार्टीका वरिष्ठ उपाध्यक्ष केदारनन्दन चौधरी, नेतृ विना सिन्हा, तत्कालिन लोसपाबाट विष्णु गापामा अध्यक्षका प्रत्यासी अरविन्द कुमार सिंह, लोसपाका ४ नम्बर क्षेत्रीय उपाध्यक्ष वीरेन्द्र प्रसाद यादव, ४ ‘ख’का अध्यक्ष नवल कुमार सिंह लगायतका दर्जनौ नेता कार्यकर्ता पार्टी प्रवेश गरेका हुन ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले भने आफू चुनाव लड्न मधेश झर्दा आगन्तुकजस्तो भएर आएको थिए । गाउँ नयाँ ठाउँ नयाँ, पहिरन नयाँ, खाना नयाँ लगायत धेरै कुरा नै नयाँ थियो । तर अब यो मेरो र म यो परिवारको अंग बन्ने क्रम शुरु भइसक्यो । उनले थप्दै भने ‘म सभापति भइसकेपछि त्यहाँ अनुकुलता नै अनुकुलता थिए । तर, म यहाँ केही नयाँ सोचका साथ सभापति भएपछि मधेशबाटै जितेर आउनुपर्ने आवश्यकता महशुस गरी मधेश झरेको हुँ ।’ अबको पाच वर्ष बहुमतका साथ नेपाली कांग्रेसले सरकार चलाउनेछ, लामो समय सम्म मधेशी दलमा काम गरेका ठुला मधेशी नेताहरु आज नेपाली कांग्रेसमा प्रवेश गरेकाले मधेशी जनतालाई अधिकार दिलाउने नाममा खुलेका दलहरुको अब खुद्रा पसले अबब बन्द हुनेछ उनले भने ।
सभापति थापाले कांग्रेस अब सबै वर्ग समुदाय मधेशी, दलित, आदिवासी, जनजाती, अल्पशंख्यक मुस्लिमको आवाज र मुद्धालाई पुरा गर्ने पार्टी भएपछि मधेशमा पार्टी खोलेर मधेशी जनतालाई ठग्ने काम अब बन्द हुनेछ भने । सो पार्टी प्रवेश कार्यक्रममा मधेश प्रदेशका वर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगीलाल राय, निवर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र प्रसाद सिंह, निवर्तमान यातायात मन्त्री कौशल सिंह लगायत स्थानीय नेता, कार्यकर्ता सहित हजारौं समर्थकहरूको पार्टी प्रवेश कार्यक्रममा उपस्थिति रहेको थियो । ‘कांग्रेसको हुटहुटी नै मधेशमा छ । नेपाली कांग्रेसका नेता बिपी कोइरालाले २०३६ सालको जनमत संग्रहपछाडि जब हामी हा¥यौँ । त्यसपछि राजाले बनाएको संशोधन समितिलाई सुझाव दिने कि नदिने भनेर निर्णय गर्दा बिपीले दिने भनेर निर्णय गर्नुभएको रहेछ,’ उनले भने । त्यो सुझावमा रहेका तीन बुँदामध्ये पहिलो बुँदामै मधेशमा रहेका नागरिकलाई नागरिकता दिनुपर्छ भन्ने कुरा उल्लेख गरेको उनले बताए ।
‘त्यसैले मधेशमा कांग्रेस आगन्तुक होइन, कांग्रेस मधेशको अंग हो । यसकारण कांग्रेसको नेतृत्व नै कांग्रेसले गर्नुपर्ने हो । कांग्रेसको जरै यही छ,’ सभापति थापाले भने । कांग्रेस मधेशमा जमेर आउनुपर्छ भनेर आफू सर्लाहीमा उम्मेदवार हुन आएको उनले बताए । कुता पायजामामा थापा सभापति थापाले मधेशी पहिरनमा चुनावी प्रचार प्रसारलाई तीव्र पारेका छन् । आसन्न प्रतिनिधि सभा निर्वाचन प्रचार प्रसारको क्रममा आफ्ना निर्वाचन क्षेत्र सर्लाही ४ मा ५ दिन बिताएका छन् । काठमाडौबाट कोटपैन्टमा मधेश झरेका थापा मधेशको पहिरन कुर्ता, पायजा, गमछा र मिथिलाको पहिचान पागमा सजिएर घरदैलो कार्यक्रम तथा कार्यकर्ता भेटघाट र भेला लगायतका कार्यक्रमहरु सम्पन्न गरेका छन् ।
प्रचार प्रसारका लागि सर्लाही ४ बसाईको क्रममा शनिबार पार्टी प्रवेश कार्यक्रम पनि कुर्ता पाईजामा र गमछाको पहिरनमै सम्पन्न गरेका छन् । सर्लाहीको चारवटै क्षेत्रमा नेपाली कांग्रेस चुनाव जित्ने उद्देश्यले आफ्ना क्षेत्र सर्लाही ४ सहित क्षेत्र नम्बर १, २ र ३ मा समेत युवा कार्यकर्ता भेटघाट र भेला लगागयतका कार्यक्रम सम्पन्न गरेका छन् । सर्लाहीको बसाईको विशेष समय सर्लाही ४ मा घरदैलो कार्यक्रममै उनले बिताएका छन् । घरदैलो कार्यक्रमको क्रममा महिला दिदी बहिनीसँग उनका समस्या बारे भलाकुसारी, युवाहरुसँग क्षेत्रको समस्या र विकासका लागि के को गर्न सकिन्छ बारे छलफल र बुढापाकाहरुसँग आशिष ग्रहण गरेका छ्न । मतदताहरुको घर घर र पसल पसल पसलमा पुगी उनले त्यहाँको समस्या बारे जानकारी लिदैं निर्वाचनपछि तत्काल समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । सौजन्य जनकपुर टुडे

