Loktantra Khabar National Weekly
Ad

कांग्रेसले पार्टीको चुनावी प्रतिज्ञापत्र आज आयोगमा बुझाउने, बुधबार जनकपुरमा सार्वजनिक गर्ने

लोकतन्त्र खबर
३ फाल्गुन २०८२

नेपाली कांग्रेसको आज सार्वजनिक गर्ने भनिएको प्रतिज्ञापत्र बुधबारका लागि सारेको छ । संशोधित कार्यक्रमअनुसार अब जनकपुरमा बुधबार प्रतिज्ञापत्र सार्वजनिक हुनेछ । कांग्रेस प्रवक्ता देवराज चालिसेले आज (आइतबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक गर्ने भनिएको चुनावी प्रतिज्ञापत्र स्थगित गरी फागुन ६ गते बुधबार मधेश प्रदेशको जनकपुरधाममा हुने चुनावी सभाबाट सार्वजनिक गर्ने बताए ।

प्रवक्ता चालिसेले पार्टीको चुनावी प्रतिज्ञापत्र (घोषणापत्र) निर्वाचन आयोगमा भने आज (आइतबार) नै बुझाउने जानकारी दिए । निर्वाचन आयोगले दलहरुलाई फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीले तयार पारेको घोषणापत्र आजसम्म आयोगमा बुझाइसक्न समय दिएको छ । सौजन्य जनकपुर टुडे

 

प्रतिक्रिया दिनुहोस्: