Loktantra Khabar National Weekly
Ad

किसानलाई उखु काट्न चटारो

लोकतन्त्र खबर
२८ माघ २०८२

बारा । बारामा नगदे बालीका रूपमा रहेको उखु भित्र्याउने सिजन सुरु भएसँगै यतिबेला यहाँका किसानलाई उखु काट्न भ्याइनभ्याई छ। बिहानैदेखि साँझसम्म खेतबारीमा खटिएर उखु काट्ने र चिनी मिलसम्म पु¥याउने काममा किसानहरू व्यस्त देखिएका छन्। जिल्लाको एक मात्र चिनी उद्योग रिलायन्स सुगर मिल्समा उखु बिक्री गर्न किसानहरूको लर्को लागेको छ। उखु खेती धेरैका लागि घरदैलोमै रोजगारीको माध्यम बनेको भए पनि उचित मूल्य नपाउँदा उनीहरूमा खासै उत्साह देखिँदैन। सरकारले आर्थिक वर्ष २०८२÷८३ का लागि उखुको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ६२० रुपैयाँ तोकेको छ भने सरकारी अनुदान बापतको ७० रुपैयाँ थप गरी किसानले कुल ६९० रुपैयाँ पाउने व्यवस्था छ। तर उत्पादन लागत निकै बढेका कारण यो मूल्यले लगानी पनि नउठ्ने किसानहरूको गुनासो छ। किसान प्रतिनिधिहरूले प्रति क्विन्टल ७५० रुपैयाँ माग गर्दै आएका थिए। मूल्य निर्धारणमा कुरा नमिल्दा हरेक वर्ष जस्तै यसपटक पनि किसान र चिनी मिल सञ्चालकबिच किचलो देखिएको छ । सौजन्य रातोपाटी

 

प्रतिक्रिया दिनुहोस्: