Loktantra Khabar National Weekly
Ad

सुनको मूल्य बढ्यो

लोकतन्त्र खबर
२८ माघ २०८२

नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ९०० रुपैयाँले बढेको हो । आजको मूल्य प्रतितोला तीन लाख पाँच हजार ५०० रुपैयाँ कायम भएको छ । सोमबार सुनको मूल्य प्रतितोला तीन लाख चार हजार ६०० रुपैयाँ थियो । आज चाँदीको मूल्य भने सामान्य घटेको छ । अघिल्लो दिन भने पाँच हजार २५० रुपैयाँ रहेको चाँदी आज पाँच हजार २४० रुपैयाँ तोकिएको छ । सौजन्य जनकपुर टुडे

 

प्रतिक्रिया दिनुहोस्: