धनुषाको हँसपुर नगरपालिकाका मेयर प्रदीपकुमार यादवको निधन भएको छ । मस्तिष्कघातले बिरामी परेका मेयर यादवको उपचारको क्रममा रहेका नर्भिक अस्पतालमा मृत्यु भएको हो । गत बिहीबार राति उनलाई मस्तिष्क घात भएपछि जनकपुरको न्युरो अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारको लागि शुक्रबार हेलिकप्टरबाट काठमाडौं लगिएको थियो । उनी नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए । यस अघि उनी ब्लडप्रेसर र सुगरबाट पीडित थिए । सौजन्य जनकपुर टुडे
प्रतिक्रिया दिनुहोस्:

