Loktantra Khabar National Weekly
Ad

आईसीसी टी–२० विश्वकप अन्तर्गत आज तीन खेल

लोकतन्त्र खबर
२८ माघ २०८२

सर्लाही – आईसीसी टी–२० विश्वकपअन्तर्गत आज तीन खेल हुँदैछन् । आज मंगलबार समूह ‘ए’का दुई र समूह ‘डी’ अन्र्तगत एक गरेर तीन खेल हुन लागेका हुन्। पहिलो खेलमा बिहान सवा ११ बजे नेदरल्यान्डस र नामिबियाले प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेलमा समुह डी अन्र्तगत रहेका न्यूजील्यान्ड र युएई बिच अपराह्न ३ः१५ बजे भारतको चेन्नाईमा प्रतिस्पर्धा हुनेछ । न्युजिल्यान्ड पहिलो खेलमा विजयी भएको टिम हो भने यूएई पहिलो खेल खेल्दैछ । न्युजिल्यान्डले पहिलो खेलमा अफगानिस्तानमाथि पाँच विकेटको जित निकालेको थियो । मंगलबारको अन्तिम खेलमा पाकिस्तान र अमेरिका भिड्दैछन् । यो खेल साँझ सवा ७ बजे शुरू हुनेछ । प्रतियोगितामा दोस्रो खेल खेल्न लागेको अमेरिका र पाकिस्तान दुवै जित्नुपर्ने दबाबमा छन् । सौजन्य धड्कन एफ.एम.

प्रतिक्रिया दिनुहोस्: