Loktantra Khabar National Weekly
Ad

९६.७ प्रतिशत घरमा विद्युत, इन्टरनेट प्रयोग ८२ प्रतिशत !

लोकतन्त्र खबर
२७ माघ २०८२

काठमाडौं : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ को पूर्ण नतिजा प्रतिवेदन सार्वजनिक गरेको छ। तथ्याङ्क कार्यालयले सोमवार सार्वजनिक गरिएको सर्वेक्षणअनुसार ९६ दशमलव ७ प्रतिशत घरपरिवारमा विद्युत सेवामा पहुँच पुगेको छ। प्रदेशगत रूपमा गण्डकी प्रदेशमा पहुँच सबैभन्दा बढी ९९ दशमलव ५ प्रतिशत र कर्णालीमा सबैभन्दा कम ८० दशमलव ८ प्रतिशत रहेको छ। टेलिफोन सेवा ९५ दशलमलब ५ प्रतिशत घरपरिवारको पहुँच छ भने इन्टरनेट सुविधा भएको उपकरण प्रयोग गर्ने घरपरिवार ८२ प्रतिशत पुगेका छन्।

सर्वेक्षणअनुसार नेपालमा ५.१ प्रतिशत तथा ४१.८ प्रतिशत क्रमशः १५–४९ वर्ष उमेर समूहका महिलाहरू तथा पुरुषहरूले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेका छन्। नेपालको कूल जनसंख्याको ९८.२ प्रतिशतले खानेपानीको लागि सुधारिएको पानीको स्रोत प्रयोग गरेका छन् भने ९२.४ प्रतिशतले सुधारिएको चर्पीहरूको प्रयोग गर्ने गरेका छन्। स्वास्थ्य बीमामा न्युन सहभागिता १५–४९ वर्ष उमेर समूहका महिलामध्ये १७.८ प्रतिशत र पुरुषमध्ये १९.६ प्रतिशतले मात्र स्वास्थ्य बीमा गरेका छन्। पाँच वर्षमुनिका बालबालिकामा यो दर ११.७ प्रतिशत मात्र रहेको छ। तथ्याङ्क कार्यालयकाअनुसार यो सर्वेक्षण युनिसेफ नेपालको प्राविधिक तथा आर्थिक सहयोगमा सञ्चालन गरिएको नेपालको चौथो बहुसूचक सर्वेक्षण हो। यस सर्वेक्षणले संघ, प्रदेश र स्थानीय तहमा नीति निर्माणका लागि महत्वपूर्ण आधार प्रदान गर्ने विश्वास लिइएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले महिला तथा बालबालिकाको अवस्था मूल्यांकन, नीति निर्माण र दिगो विकास लक्ष्य (एसडिजीएस) का सूचकहरूको अनुगमन गर्ने उद्देश्यले सर्वेक्षण गरेको हो । सौजन्य थाहा खबर

प्रतिक्रिया दिनुहोस्: