Loktantra Khabar National Weekly
Ad

जापानमा लिबरल डेमोक्रेटिक पार्टीको ऐतिहासिक जित

लोकतन्त्र खबर
२७ माघ २०८२

जापानमा हिजो सम्पन्न तल्लो सदनको निर्वाचनमा प्रधानमन्त्री सानाए ताकाइचीको नेतृत्वमा रहेको लिबरल डेमोक्रेटिक पार्टीले ऐतिहासिक जित हासिल गरेको छ । प्राप्त पछिल्लो मतपरिणाम अनुसार, सत्तारुढ एलडीपीले ४६५ सिटमध्ये एक्लै ३१६ सिटमा सानदार जित दर्ता गरेको छ। पार्टीको यो जित सन् १९५५ पछिकै सबैभन्दा ठूलो र शक्तिशाली मानिएको छ । ताकाइचीको पार्टीले आफ्नो नयाँ चुनावी साझेदार जापान इनोभेसन पार्टीसँग मिलेर संसदमा दुई–तिहाइ अर्थात् सुपर–बहुमत प्राप्त गरेको छ। यस जितसँगै प्रधानमन्त्री ताकाइचीलाई जापानको रक्षा नीतिमा सुधार गर्ने, सैन्य बजेट बढाउने र आर्थिक संरचनामा हेरफेर गर्ने जस्ता कडा निर्णय लिन अब राजनीतिक बाटो सहज भएको छ।

विपक्षी गठबन्धनको प्रदर्शन भने निराशाजनक देखिएको छ। कतिपय क्षेत्रमा विपक्षीका दिग्गज नेताहरू समेत पराजित भएका छन्। चुनावी परिणाम सार्वजनिक भएलगत्तै प्रधानमन्त्री ताकाइचीले टोकियोमा समर्थकहरूलाई सम्बोधन गर्दै यो जितलाई जापानको सुरक्षा र समृद्धिको लागि जनताको स्पष्ट आदेश भनेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लगायत विश्वका प्रमुख नेताहरूले ताकाइचीलाई जितका लागि बधाई सन्देश पठाएका छन् । सौजन्य यात्रा डेली

 

प्रतिक्रिया दिनुहोस्: