Loktantra Khabar National Weekly
Ad

सुनचाँदीको मूल्य बढ्यो

लोकतन्त्र खबर
२७ माघ २०८२

नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ४ हजार १ सय रुपैयाँले बढेर ३ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको हो। अघिल्लो दिन आइतबार छापावाल सुन तोलाको ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार सोमबार चाँदीको मूल्य पनि बढेर तोलामा ५ हजार २ सय ५० रुपैयाँ पुगेको छ। आइतबार चाँदी तोलाको ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिको प्रभाव नेपाली बजारमा पनि देखिएको जनाएको छ । सौजन्य जनकपुर टुडे

 

प्रतिक्रिया दिनुहोस्: